तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

xr:d:DAFbpsAE51M:3964,j:7013652666265509674,t:24031908

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल तथा मातहतका कार्यालयलाई तीन दिनभित्र कर्मचारीहरुलाई हाजिर नगराए विभागीय कारबाही गरिने व्यहोराको पत्र पठाएको छ ।सरुवा भए पनि कर्मचारीहरूलाई हाजिर नगराइएको तथा काजमा लामो समय कार्यरत रहेको गुनासोपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यसलाई रोक्न तीन दिनभित्र हाजिर गराउने व्यवस्था गर्न अधिकारीहरूलाई भनेका थिए ।

लगत्तै मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल तथा मातहतका कार्यालयमा पत्र पठाउँदै तीन दिनभित्र कर्मचारीहरुलाई हाजिर नगराए विभागीय कारबाही तथा सेवा सुविधा वागतको रकम असुलउपर गर्ने सचिवस्तरीय निर्णयको ब्यहोरासहितको पत्र पठाएको हो ।

स्वास्थ्य सेवामा आफ्नो दरबन्दी भन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको र यसकै कारण सरुवा भएकालाई समेत हाजिर गराउन नसकिएको गुनासो सुनिने गरेको थियो । सोही गुनासो सम्बोधन गर्न मन्त्रालयले कडा चेतावनीसहितको पत्र पठाएको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अटेर गरेमा विभागीय कारबाही गरिने बताए ।

सम्बन्धित समाचार

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने
क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने
  • २०८२ जेष्ठ २८, १८: ४१

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के...

फेरी पक्राउ परे पूर्व दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल
फेरी पक्राउ परे पूर्व दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल
  • २०८२ जेष्ठ २८, १८: ४१

काठमाडौं।दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई फेरि पक्राउ गरिएको छ।उनलाई गएको वर्ष गरिएको असफल सैनिक शासन प्रयासका कारण पक्राउ...

कुलपति ओलीसमक्ष त्रिविका उपकुलपति अर्यालको शपथ
कुलपति ओलीसमक्ष त्रिविका उपकुलपति अर्यालको शपथ
  • २०८२ जेष्ठ २८, १८: ४१

काठमाडौँ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले बुधबार पद तथा गोपनीयताको...