तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी – Naya Bikalpa
January 19, 2026, Monday      Epaper

तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

xr:d:DAFbpsAE51M:3964,j:7013652666265509674,t:24031908

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल तथा मातहतका कार्यालयलाई तीन दिनभित्र कर्मचारीहरुलाई हाजिर नगराए विभागीय कारबाही गरिने व्यहोराको पत्र पठाएको छ ।सरुवा भए पनि कर्मचारीहरूलाई हाजिर नगराइएको तथा काजमा लामो समय कार्यरत रहेको गुनासोपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यसलाई रोक्न तीन दिनभित्र हाजिर गराउने व्यवस्था गर्न अधिकारीहरूलाई भनेका थिए ।

लगत्तै मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल तथा मातहतका कार्यालयमा पत्र पठाउँदै तीन दिनभित्र कर्मचारीहरुलाई हाजिर नगराए विभागीय कारबाही तथा सेवा सुविधा वागतको रकम असुलउपर गर्ने सचिवस्तरीय निर्णयको ब्यहोरासहितको पत्र पठाएको हो ।

स्वास्थ्य सेवामा आफ्नो दरबन्दी भन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको र यसकै कारण सरुवा भएकालाई समेत हाजिर गराउन नसकिएको गुनासो सुनिने गरेको थियो । सोही गुनासो सम्बोधन गर्न मन्त्रालयले कडा चेतावनीसहितको पत्र पठाएको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अटेर गरेमा विभागीय कारबाही गरिने बताए ।

सम्बन्धित समाचार

एकताको विकल्प छैन
एकताको विकल्प छैन
  • २०८२ जेष्ठ २८, १८: ४१

मुलुकै सबैभन्दा लामो इतिहास भएको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यतिबेला कठिन मोडमा उभिएको छ । फागुन २१ गतेका लागि पूर्व...

संसदीय मर्यादा कायम गर्न पनि नेपाली कांग्रेसको एकता अपरिहार्य
संसदीय मर्यादा कायम गर्न पनि नेपाली कांग्रेसको एकता अपरिहार्य
  • २०८२ जेष्ठ २८, १८: ४१

१.आगामी फागुन २१मा हुने निर्वाचनमा नेपाली कांग्रेसको सक्रिय सहभागिता आवश्यक नेपाली कांग्रेसको दोस्रो महाधिवेशन(२०८२) पुुस २७देखि ३०सम्ममा काठमाडौँको भृकुटी मण्डपमा...

एक असल प्रजातान्त्रिक योद्धाप्रति श्रद्धासुमन नेपाली कांग्रेसप्रति- जे होस् असलै होस् शुभकामना
एक असल प्रजातान्त्रिक योद्धाप्रति श्रद्धासुमन नेपाली कांग्रेसप्रति- जे होस् असलै होस् शुभकामना
  • २०८२ जेष्ठ २८, १८: ४१

१. हार्दिक श्रद्धाञ्जलि होमनाथ दाइ मेरो प्रजातन्त्रप्रतिको समर्पणलाई ऊर्जा थपेर, त्यो बेलाको सबैभन्दा जोखिमपूर्ण कर्म पत्रकारितामार्फत् समाज रुपान्तरणका लागि उत्प्रेरित...