एयर इन्डिया विमान दुर्घटना: पूर्वमुख्यमन्त्री रूपाणी पनि सवार – Naya Bikalpa
January 19, 2026, Monday      Epaper

एयर इन्डिया विमान दुर्घटना: पूर्वमुख्यमन्त्री रूपाणी पनि सवार

एजेन्सी : भारतको गुजरातस्थित अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा परेका यात्रुहरूमा राज्यका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

दैनिक भास्करका अनुसार आफ्नी छोरीलाई भेट्न लन्डन जाँदै गर्दा उनी सवार विमान दुर्घटनामा परेको हो। अहमदाबादबाट लन्डनका लागि उडेको विमान टेकअफको केहीबेरमै दुर्घटनाग्रस्त हुँदा ठूलो मानवीय क्षति भएको छ।

रूपाणीका एक निकट सहयोगी नितिन भारद्वाजले भारतीय सञ्चारमाध्यमलाई खबरको पुष्टि गरेका थिए। लन्डनमा बस्दै आएका भारद्वाजले रूपाणी आफ्नी छोरीलाई भेट्न लन्डन आउँदै गरेको र उनको सिट नम्बर १२ रहेको जानकारी दिए।

एयर इन्डियाको फ्लाइट नम्बर एआई-१७१ ले २४२ जना यात्रु बोकेर दिउँसो १:३८ बजे उडान भरेको थियो। तर, उडेको दुई मिनेटमै विमानस्थलको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त भयो।

प्रारम्भिक अनुसन्धानले विमानको इन्जिनमा आएको प्राविधिक गडबडीलाई दुर्घटनाको कारण मानेको छ। दुर्घटनास्थलमा उद्धार कार्य तीव्र गतिमा जारी छ।

उद्धारकर्मीहरूले विमानको भग्नावशेषबाट अहिलेसम्म ५० जनाको शव निकालिसकेका छन्। आगलागी र विमानको क्षतिका कारण मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

सम्बन्धित समाचार

आशिका तामाङले रास्वपाबाट पाइन् टिकट, धादिङ-१ बाट चुनाव लड्ने
आशिका तामाङले रास्वपाबाट पाइन् टिकट, धादिङ-१ बाट चुनाव लड्ने
  • २०८२ जेष्ठ २९, १५: ४९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई उम्मेदवार बनाउने भएको छ । सोमबार रास्वपा पार्टी...

रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?
रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?
  • २०८२ जेष्ठ २९, १५: ४९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो लगाउन...

निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’
निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’
  • २०८२ जेष्ठ २९, १५: ४९

काठमाडौं : मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा...