प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौं : प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ।

संघीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ। यस्तै, सांसदहरूले राख्नुभएको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ।

यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

कासामि व प्रशिक्षकयात हन
कासामि व प्रशिक्षकयात हन
  • २०८२ असार ८, ०७: ४८

दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...

मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
  • २०८२ असार ८, ०७: ४८

मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...

‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
  • २०८२ असार ८, ०७: ४८

महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...