
छुपु छुपु हिलोमा धान रोपेर छाडौंला ।
बनाई कुलो लगाई पानी आएर गोडौंला ।।
राष्ट्रिय धान दिवसको उपलक्ष्यमा नेपाल उद्योग वाणिज्य महासंघ कृषि विकास समिति र नेपाल किसान महासंघ काठमाडौं जिल्ला समितिद्वारा आयोजित राष्ट्रिय धान रोपाईं कार्यक्रम कीर्तिपुर नगरपालिका टौदहमा राेपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइँयो ।
यसैगरी, आज देशैभर यस्तै कार्यक्रम अन्तर्गत राष्ट्रपति कार्यालयदेखि खेतीयोग्य जमिनमा धान रोपेर राष्ट्रिय धान दिवस मनाइँयो । राष्ट्रिय धान दिवस २०६२ साल असार १५ देखि नेपाल सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएको छ ।

राेपाइँमा छिपछिपे पानीमा महिलाहरुले धान रोप्छन् भने पुरुषहरुले बौउसे गर्दछन् । त्यसपछि उत्साहपूर्वक दही चिउरा खाँदै रातो पहिरन लगाउँदै असारे गीत गाउँदै धान रोप्ने चलन छ ।
दही र रातो अछेता शुभ साइत तथा दही सगुनको रुपमा प्रयोग गरिने हुँदा दही चिउरा खाने चलन चल्ती चल्दै आएको पाइन्छ । नेपालको एकीकरण कर्ता राजा पृथ्वीनारायण शाहलाई गोरखनाथले दही खुवाएर पराक्रमी हुने आशिष दिएको कथन रहेको छ ।

यसै अनुरुप आज कृषि मन्त्री रामनाथ अधिकारीले टौदहमा खेतमा नै गएर राष्ट्रिय धान दिवसको शुभारम्भ गरेका छन् । उक्त राष्ट्रिय धान दिवसको रोपाइँ कार्यक्रममा पूर्वमन्त्री एवं संघीय सांसद राजेन्द्र केसी, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं कार्यबहाक अध्यक्ष अञ्जन श्रेष्ठलगायत उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेश कृषि विकास समितिका सभापति कृष्णभक्त श्रेष्ठ, नेपाल किसान महासंघ काठमाडौं समितिका सभापति अमृत महर्जन नेपाली कांग्रेस क्षेत्र नं. ९ का क्षेत्रीय सभापति जयकृष्ण महर्जन, उउपाध्यक्षद्वय राजेन्द्र प्रसाद भट्टराइ र माेहनबहादुर बस्नेत, महिला नेतृ एवं नेपाली कांग्रेस महासमिति सदस्य रिता ढकाल दवाडी, क्षेत्रीय सचिव सन्तोष गिरी, क्षेत्रीय सदस्य माधव न्यौपाने, रिता अधिकारी, नेपाली कांग्रेस क्षेत्र नं. १० का युवा नेता एवं नेपाल साँस्कृतिक संघका कलाकार राजेन्द्र केसीलगायत कृषकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
रोपारेहरुले रातो टिका लगाई रातै पहिरन लगाई असारे गीत गाउँदै रोपाइ गरेका थिए ।
काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...
ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...
काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...