राष्ट्रिय धान दिवस उल्लासमय – Naya Bikalpa
September 24, 2025, Wednesday      Epaper

राष्ट्रिय धान दिवस उल्लासमय

छुपु छुपु हिलोमा धान रोपेर छाडौंला ।
बनाई कुलो लगाई पानी आएर गोडौंला ।।

 

राष्ट्रिय धान दिवसको उपलक्ष्यमा नेपाल उद्योग वाणिज्य महासंघ कृषि विकास समिति र नेपाल किसान महासंघ काठमाडौं जिल्ला समितिद्वारा आयोजित राष्ट्रिय धान रोपाईं कार्यक्रम कीर्तिपुर नगरपालिका टौदहमा राेपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइँयो ।

यसैगरी, आज देशैभर यस्तै कार्यक्रम अन्तर्गत राष्ट्रपति कार्यालयदेखि खेतीयोग्य जमिनमा धान रोपेर राष्ट्रिय धान दिवस मनाइँयो । राष्ट्रिय धान दिवस २०६२ साल असार १५ देखि नेपाल सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएको छ ।

राेपाइँमा छिपछिपे पानीमा महिलाहरुले धान रोप्छन् भने पुरुषहरुले बौउसे गर्दछन् । त्यसपछि उत्साहपूर्वक दही चिउरा खाँदै रातो पहिरन लगाउँदै असारे गीत गाउँदै धान रोप्ने चलन छ ।

दही र रातो अछेता शुभ साइत तथा दही सगुनको रुपमा प्रयोग गरिने हुँदा दही चिउरा खाने चलन चल्ती चल्दै आएको पाइन्छ । नेपालको एकीकरण कर्ता राजा पृथ्वीनारायण शाहलाई गोरखनाथले दही खुवाएर पराक्रमी हुने आशिष दिएको कथन रहेको छ ।

यसै अनुरुप आज कृषि मन्त्री रामनाथ अधिकारीले टौदहमा खेतमा नै गएर राष्ट्रिय धान दिवसको शुभारम्भ गरेका छन् । उक्त राष्ट्रिय धान दिवसको रोपाइँ कार्यक्रममा पूर्वमन्त्री एवं संघीय सांसद राजेन्द्र केसी, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं कार्यबहाक अध्यक्ष अञ्जन श्रेष्ठलगायत उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेश कृषि विकास समितिका सभापति कृष्णभक्त श्रेष्ठ, नेपाल किसान महासंघ काठमाडौं समितिका सभापति अमृत महर्जन नेपाली कांग्रेस क्षेत्र नं. ९ का क्षेत्रीय सभापति जयकृष्ण महर्जन, उउपाध्यक्षद्वय राजेन्द्र प्रसाद भट्टराइ र माेहनबहादुर बस्नेत, महिला नेतृ एवं नेपाली कांग्रेस महासमिति सदस्य रिता ढकाल दवाडी, क्षेत्रीय सचिव सन्तोष गिरी, क्षेत्रीय सदस्य माधव न्यौपाने, रिता अधिकारी, नेपाली कांग्रेस क्षेत्र नं. १० का युवा नेता एवं नेपाल साँस्कृतिक संघका कलाकार राजेन्द्र केसीलगायत कृषकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
रोपारेहरुले रातो टिका लगाई रातै पहिरन लगाई असारे गीत गाउँदै रोपाइ गरेका थिए ।

 

सम्बन्धित समाचार

काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए
काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए
  • २०८२ असार १५, १८: २०

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले काठमाडौंको प्रहरी जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो ।...

पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा
पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा
  • २०८२ असार १५, १८: २०

कास्की : नेपाल प्रहरीले पोखरामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण कोषले पोखरा–७ सहिदचोकस्थित प्रहरी...

विशेष महाधिवेशनका लागि धनकुटा कांग्रेसको माग
विशेष महाधिवेशनका लागि धनकुटा कांग्रेसको माग
  • २०८२ असार १५, १८: २०

धनकुटा : नेपाली कांग्रेस धनकुटाको बैठकले अहिलेको परिस्थितिमा मुलुकको समस्या समाधान गर्न, पार्टी संगठनलाई क्रियाशील र सशक्त बनाउन विशेष महाधिवेशन...