अध्यक्ष नेपालविरुद्ध अभिव्यक्ति दिएपछि झाँक्रीलाई सोधियो स्पष्टीकरण – Naya Bikalpa
June 10, 2026, Wednesday      Epaper

अध्यक्ष नेपालविरुद्ध अभिव्यक्ति दिएपछि झाँक्रीलाई सोधियो स्पष्टीकरण

काठमाडौं : नेकपा एकीकृत समाजवादीले स्थायी समिति सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध अभिव्यक्ति दिएपछि नेतृ झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको हो ।

बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झाँक्रीले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् ।

सो अभिव्यक्तिपछि एकीकृत समाजवादी अनुशासन आयोगले झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको हो ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०८२ असार १८, १३: ३६

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०८२ असार १८, १३: ३६

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०८२ असार १८, १३: ३६

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...