नाउपाले लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

नाउपाले लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदबाट बर्खास्त गरेका थिए । आफ्नो पार्टीको मन्त्री हटाइएपछि नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि शाह नेतृत्वको सरकारको बहुमत कायमै रहेको छ ।

नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ गरी २९ प्रदेश सभा सदस्यको साथ उनलाई छ ।

सम्बन्धित समाचार

नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
  • २०८२ असार २०, १४: ३१

वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य...

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
  • २०८२ असार २०, १४: ३१

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
  • २०८२ असार २०, १४: ३१

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...