नेपालले एसीसी यू -१६ को उपाधि चुम्यो – Naya Bikalpa
December 10, 2025, Wednesday      Epaper

नेपालले एसीसी यू -१६ को उपाधि चुम्यो

काठमाडौं।मलेसियामा जारी एसीसी यू १६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको नेपालले उपाधि चुमेको छ ।शनिबार भएको फाइनल खेलमा नेपालले सिंगापूरलाई २ विकेटले हराउँदै उपाधि चुमेको हो ।
सिंगापूरले दिएको ११४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेटको क्षतिमा पुरा गरेको हो । जोया थापाले नेपालका लागि अविजित २४ रन बनाए ।

यसअघि  टस जितेर व्याटिंग रोजेको सिंगापूर ४०.५ ओभरमा अलआउट भएको थियो । उसले ११३ रन बनाएर आउट भएको हो ।सिंगापूरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए भने रिहान नाइकले १५ रन बनाए ।
नेपालका लागि अभय यादव र सुशील बहादुर रावलले ३ ३ विकेट लिए । यसैगरी शुभम खनाल र कप्तान विपिनले समान १ १ विकेट लिए ।नेपाल प्रतियोगिताभर अपराजित भयो ।

सम्बन्धित समाचार

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
  • २०८२ असार २१, १९: ३२

काठमाडौं ।  विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा...

एनपीएलको इलिमिनेटरमा आज भिड्दै काठमाण्डू र लुम्बिनी
एनपीएलको इलिमिनेटरमा आज भिड्दै काठमाण्डू र लुम्बिनी
  • २०८२ असार २१, १९: ३२

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ ।एनपीएलको इतिहासमा यी दुवै...

सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनलमा
सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनलमा
  • २०८२ असार २१, १९: ३२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) जारी सिजनमा सुदूरपश्चिम रोयल्स फाइनलमा  पुगेको छ । आज सम्पन्न  पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर...