बढ्यो डेंगीको जोखिम,संक्रमितको संख्या १६ सय माथि – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

बढ्यो डेंगीको जोखिम,संक्रमितको संख्या १६ सय माथि

काठमाडौं। गर्मी मौसम र वर्षायाममा देखिने डेंगी रोगको जोखिम बढेको छ ।पछिल्लो केही वर्षयता जलवायु परिवर्तनको प्रभावका कारण डेंगी वर्षैभरि देखिन थालेको छ ।
विशेषज्ञहरूका अनुसार लामखुट्टेको प्रजनन समय लम्बिनु, तापक्रममा असामान्य वृद्धि र वर्षा चक्रको अनियमितता डेंगीको संक्रमण लगातार बढ्नाका मुख्य कारण हुन् ।

डेंगी सार्ने एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातका लामखुट्टेले प्रायः सफा र थलोपानी भएको ठाउँमा प्रजनन गर्छन् । विगतमा यी विशेषगरी मनसुनको समयमा सक्रिय हुने गरे पनि हाल वर्षभरि नै सक्रिय भइरहेका छन् । यसले गर्दा पहाडी तथा हिमाली भेगसम्म समेत डेंगी फैलिन थालेको पाइएको छ ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार वातावरणीय अनुकूलतासँगै यी लामखुट्टेहरू जुनसुकै भौगोलिक परिवेशमा बस्न सक्ने भएका छन् । त्यसैले डेंगी अहिले नेपालको सार्वजनिक स्वास्थ्यमा एक प्रमुख चुनौतीको रूपमा उभिएको छ ।

डेंगी संक्रमितको संख्या १६ सय नाघ्यो
नेपालमा डेंगी संक्रमितको संख्या १ हजार ६ सय नाघिसकेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सातै प्रदेशमा संक्रमण फैलिएको छ ।

महाशाखाको तथ्याङ्कअनुसार पुस महिनाबाट सुरु भएको संक्रमण हालसम्म १६ हजार १ सय ७३ जनामा पुष्टि भएको छ ।

प्रदेशअनुसार संक्रमित संख्या बढेको छ । हाल बागमती प्रदेश:४०४ जना,गण्डकी प्रदेश:३५८ जना,कोशी प्रदेश: ३३४ जना,लुम्बिनी प्रदेश: २७८ जना,सुदूरपश्चिम प्रदेश: २३२ जना,कर्णाली प्रदेश: ३६ जना,मधेश प्रदेश:३१ जनामा उक्त रोग संक्रमण भएको छ ।

गत साता मात्र ७१ नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै नयाँ संक्रमित गण्डकी प्रदेशमा २० जना छन् भने कर्णालीमा हालसम्म १ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।

महाशाखाले अहिलेको दरमा संक्रमण बढिरहे गत वर्षको जस्तै गम्भीर अवस्था दोहोरिन सक्ने चेतावनी दिएको छ । स्मरण रहोस्, गत वर्ष डेंगीले ४५ हजारभन्दा बढीलाई सङ्क्रमित बनाएको थियो भने १५ जनाको मृत्यु भएको थियो ।

महाशाखाको किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले यस वर्ष पनि संक्रमण तीव्र गतिमा फैलिन थालेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

भतभेद छाडेर मिल्नु नै अबको विकल्प
भतभेद छाडेर मिल्नु नै अबको विकल्प
  • २०८२ असार २१, १९: ३८

काठमाडौं । पछिल्लो समय विकसित आन्तरिक मतभेदका कारण नेपालको सबैभन्दा पुरानो र लोकतन्त्रको पर्यायवाची मानिने दल नेपाली कांग्रेसमा यतिबेला इतिहासकै...

नेपाली कांग्रेसको छवि जोगाउने प्रश्न र संविधान संशोधनको प्रयास
नेपाली कांग्रेसको छवि जोगाउने प्रश्न र संविधान संशोधनको प्रयास
  • २०८२ असार २१, १९: ३८

१. नेपाली कांग्रेसमा संसदीय दलको नेता नेपाली कांग्रेसको प्रतिनिधि सभामा २०७९सालको संख्यामा आधाभन्दा घटी सांसदहरु अहिले प्रतिनिधि सभामा छन् ।...

उपराष्ट्रपति यादव अस्पताल भर्ना
उपराष्ट्रपति यादव अस्पताल भर्ना
  • २०८२ असार २१, १९: ३८

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् ।उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर...