बढ्यो डेंगीको जोखिम,संक्रमितको संख्या १६ सय माथि – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

बढ्यो डेंगीको जोखिम,संक्रमितको संख्या १६ सय माथि

काठमाडौं। गर्मी मौसम र वर्षायाममा देखिने डेंगी रोगको जोखिम बढेको छ ।पछिल्लो केही वर्षयता जलवायु परिवर्तनको प्रभावका कारण डेंगी वर्षैभरि देखिन थालेको छ ।
विशेषज्ञहरूका अनुसार लामखुट्टेको प्रजनन समय लम्बिनु, तापक्रममा असामान्य वृद्धि र वर्षा चक्रको अनियमितता डेंगीको संक्रमण लगातार बढ्नाका मुख्य कारण हुन् ।

डेंगी सार्ने एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातका लामखुट्टेले प्रायः सफा र थलोपानी भएको ठाउँमा प्रजनन गर्छन् । विगतमा यी विशेषगरी मनसुनको समयमा सक्रिय हुने गरे पनि हाल वर्षभरि नै सक्रिय भइरहेका छन् । यसले गर्दा पहाडी तथा हिमाली भेगसम्म समेत डेंगी फैलिन थालेको पाइएको छ ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार वातावरणीय अनुकूलतासँगै यी लामखुट्टेहरू जुनसुकै भौगोलिक परिवेशमा बस्न सक्ने भएका छन् । त्यसैले डेंगी अहिले नेपालको सार्वजनिक स्वास्थ्यमा एक प्रमुख चुनौतीको रूपमा उभिएको छ ।

डेंगी संक्रमितको संख्या १६ सय नाघ्यो
नेपालमा डेंगी संक्रमितको संख्या १ हजार ६ सय नाघिसकेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सातै प्रदेशमा संक्रमण फैलिएको छ ।

महाशाखाको तथ्याङ्कअनुसार पुस महिनाबाट सुरु भएको संक्रमण हालसम्म १६ हजार १ सय ७३ जनामा पुष्टि भएको छ ।

प्रदेशअनुसार संक्रमित संख्या बढेको छ । हाल बागमती प्रदेश:४०४ जना,गण्डकी प्रदेश:३५८ जना,कोशी प्रदेश: ३३४ जना,लुम्बिनी प्रदेश: २७८ जना,सुदूरपश्चिम प्रदेश: २३२ जना,कर्णाली प्रदेश: ३६ जना,मधेश प्रदेश:३१ जनामा उक्त रोग संक्रमण भएको छ ।

गत साता मात्र ७१ नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै नयाँ संक्रमित गण्डकी प्रदेशमा २० जना छन् भने कर्णालीमा हालसम्म १ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।

महाशाखाले अहिलेको दरमा संक्रमण बढिरहे गत वर्षको जस्तै गम्भीर अवस्था दोहोरिन सक्ने चेतावनी दिएको छ । स्मरण रहोस्, गत वर्ष डेंगीले ४५ हजारभन्दा बढीलाई सङ्क्रमित बनाएको थियो भने १५ जनाको मृत्यु भएको थियो ।

महाशाखाको किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले यस वर्ष पनि संक्रमण तीव्र गतिमा फैलिन थालेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने
क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने
  • २०८२ असार २१, १९: ३८

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के...

फेरी पक्राउ परे पूर्व दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल
फेरी पक्राउ परे पूर्व दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल
  • २०८२ असार २१, १९: ३८

काठमाडौं।दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई फेरि पक्राउ गरिएको छ।उनलाई गएको वर्ष गरिएको असफल सैनिक शासन प्रयासका कारण पक्राउ...

कुलपति ओलीसमक्ष त्रिविका उपकुलपति अर्यालको शपथ
कुलपति ओलीसमक्ष त्रिविका उपकुलपति अर्यालको शपथ
  • २०८२ असार २१, १९: ३८

काठमाडौँ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले बुधबार पद तथा गोपनीयताको...