एलन मस्कले खोले नयाँ पार्टी – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

एलन मस्कले खोले नयाँ पार्टी

एजेन्सी : अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख सल्लाहकारबाट केही समयअघि मात्रै राजीनामा दिएका मस्कले नयाँ दलको घोषणा गरेका हुन् । मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत दलको नाम ‘अमेरिका पार्टी’ रहेकोसमेत घोषणा गरेका छन् ।

यसले अमेरिकाको द्विदलीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौती दिनेछ। यद्यपि,यो पार्टी औपचारिक रूपमा अमेरिकी निर्वाचन प्राधिकरणमा दर्ता भएको छ कि छैन भन्ने कुरा अझै स्पष्ट छैन। मस्कले पार्टीको रूप कस्तो हुनेछ र पार्टीको नेतृत्व कसले गर्नेछ भन्ने बारेमा पनि कुनै जानकारी दिएका छैनन्।

ट्रम्पसँगको सार्वजनिक विवादपछि मस्कले पार्टी खोल्ने मनस्थिति बनाएका थिए। शनिबारसम्म,संघीय निर्वाचन आयोगले कुनै पनि दल औपचारिक रूपमा दर्ता भएको संकेत गर्ने कुनै पनि जानकारी प्रकाशित गरेको छैन ।

ट्रम्प प्रशासन छोडेपछि उनीहरूबीच विवाद सुरु भएको थियो। मस्कले ट्रम्पको कर र खर्च योजनाको सार्वजनिक रूपमा आलोचना गरेका थिए।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ असार २२, ११: २५

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८२ असार २२, ११: २५

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८२ असार २२, ११: २५

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...