कृषि कर्जालाई सरलीकृत गरिदिन राष्ट्र बैंकलाई कृषिमन्त्री अधिकारीको आग्रह – Naya Bikalpa
July 11, 2025, Friday      Epaper

कृषि कर्जालाई सरलीकृत गरिदिन राष्ट्र बैंकलाई कृषिमन्त्री अधिकारीको आग्रह

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैंकलाई सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलसँग आज सिहंदरबारस्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषिमार्फत गरिवी हटाउनका लागि बैंक तथा वित्तीय संस्थाहरुको भूमिका महत्वपुर्ण हुने भएकाले साना किसानहरुले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधानको आवश्यकता औंल्याए।

‘कृषिका लागि ठुलो मात्रामा ऋण लिएकाहरुले सो रकम अन्यत्रै परिचालन गरिएको पनि सुनिएको छ, यदि त्यस्तो हो भने कृषिमा हामीले लिएको लक्ष्य र अपेक्षा पूरा हुन सक्ने देखिँदैन,’ मन्त्री अधिकारीले भने ।

कृषि ऋणको सहि उपयोग भयो कि भएन यसको प्रभावकारी अनुगमनका लागि म नेपाल राष्ट्र बैंकसमक्ष अनुरोध गर्दछु मन्त्री अधिकारीले भने । मन्त्री अधिकारीले कसैले ऋण नपाउने पाउनेले अन्य प्रयोजनमा लगाउने अवस्था आउन नहुनेमा जोड दिए । सरकारी स्वामित्वका बैंकहरुले पनि कृषि कर्जा बढाउनुपर्ने र राष्ट्र बैंकको कृषि कर्जा सम्बन्धमा गरिएको व्यवस्थाको पालना उनीहरुले गर्नपर्नेमा मन्त्री अधिकारीले जोड दिए ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा.पौडेलले हाल कृषिमा भएको लगानीको सदुपयोग हुन नसकिरहेको सन्र्दभमा आफनो पनि चासोको विषय भएकाले प्रतिफल आउने गरी काम गर्न जरुरी रहेको बताए । किसानलाई व्यावसायिक नबनाइ कृषिमा भएको लगानीको प्रतिफल प्राप्त हुन नसक्ने भएकाले प्रतिफल आउने गरी लगानीको आवश्यकतामा गर्भनर डा.पौडेलले जोड दिए ।

उनले आफू हालै विभिन्न जिल्लाहरुमा जाँदा माटो खेलाउनेले कृषि ऋण नपाउने, कागज खेलाउनेले ऋण पाउने गरेको गुनासो पनि सुनेको उल्लेख गर्दे किसानलाई ऋण मात्र बोकाउने भन्दा पनि किसानलाई सही बाटोमा हिँडाउन सबै निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा गर्भनर डा.पौडेलले जोड दिए ।

आगामी आर्थिक वर्षका लागि मौद्रिक नीतिको तयारी भइरहेका बेला मन्त्री अधिकारी र गर्भनर डा.पौडेलबीचको भेट महत्वपूर्ण मानिएको छ । भेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रलायका सचिवद्वय डा.गोविन्द प्रसाद शर्मा र डा. दीपककुमार खराल, पशुसेवा विभागका महानिर्देशक डा. राम नन्दन तिवारी, मन्त्री अधिकारीका निजी सचिव वरिष्ठ बाली संरक्षक रोशन अधिकारी, नेपाल राष्ट्र बैकका निर्देशक शरणकुमार अधिकारीलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

कासामि व प्रशिक्षकयात हन
कासामि व प्रशिक्षकयात हन
  • २०८२ असार २२, २१: १४

दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...

मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
  • २०८२ असार २२, २१: १४

मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...

‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
  • २०८२ असार २२, २१: १४

महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...