काठमाडौं तामाङ संघमा शशीकर निर्वाचित – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

काठमाडौं तामाङ संघमा शशीकर निर्वाचित

काठमाडौं । लोकतन्त्रकवादी संस्था नेपाल तामाङ संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । काठमाडौं जिल्लाको प्रथम अधिवेशन यही असार २१ गते काठमाडौंको कलंकीस्थित अंम्रेला इभेन्टमा सम्पन्न भएको हो ।

रणबहादुर तामाङको सभापतित्वमा सम्पन्न प्रथम अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलमान पाख्रिन रहेका थिए । प्रमुख अतिथि पाख्रिनले नेपाली कांग्रेस बलियो बनाउन विभिन्न जातजातिबीच एकता बढाउँदै आम नागरिकलाई कांग्रेसभित्र एकाकार बनाउन सके कांग्रेस पार्टी बलियो हुने बताए ।

उद्घाटन सत्रमा वक्ताहरुले कांग्रेस बलियो बनाउन गाउँगाउँमा एकता हुनुपर्नेमा जोड दिए । नेपाली कांग्रेस क्षेत्र नं. ९ का सभापतिले शुभकामना मन्तव्य दिँदै क्षेत्रभित्रको एकतामा जोड दिए ।

महासमिति सदस्यहरु धर्मराज गौतम, रिता ढकाल दवाडी, सुमन श्रेष्ठ, महाधिवेशन प्रतिनिधि बासु कार्की, नेपाली कांग्रेस काठमाडौं जिल्ला कोषाध्यक्ष राजेन्द्र बुढाथोकी, क्षेत्र नं.९ प्रदेश सभापति राजेन्द्रप्रसाद भट्टराई, मोहन कुमार बस्नेत, क्षेत्रीय सचिव सन्तोष गिरी, तरुण दल जिल्ला अध्यक्ष कृष्णजी खड्का,  सहसचिव प्रेम गुरुङ, सदस्यहरु माधव न्यौपाने, वालावती शर्मा, अनिल लामा, पूर्व वडाअध्यक्ष रमेशप्रसाद गौतम, प्रदेश सहसचिव माधव खतिवडा, कोषाध्यक्ष पुनम फागो लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी जनप्रतिनिधिहरुमा घनश्याम लुइँटेल, श्रीकृष्ण खत्री, सुन्दरबहादुर केसी, देवेन्द्रराज गिरी, वडा सदस्यहरु हम्जुला राई, सितल भित्राकोटी, इशु खड्का लगायत कांग्रेसका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

त्यसैगरी तामाङ संघका विभिन्न तह र तप्काका नेताहरुमा सूर्यमान तामाङ , विश्वकर लामा, झलक लामा, महाधिवेशन प्रतिनिधि चुनिएका छन् । निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष शशीकर लामा, उपाध्यक्षहरुमा सवित्री ब्लोन तामाङ र झलकबहादुर तामाङ रहेका छन् भने सचिव सोहिल लामा, सहसचिव प्रमोद लामा, सदस्यहरुमा हरि तामाङ, फुलमाया तामाङ लगायत रहेका छन् ।

कार्यक्रममा क्षेत्रीय नेताहरुमा माधवप्रसाद गौतम, महेश गौतम, उद्धव गौतम, उमेश काेइराला, पूर्णबहादुर लामा, महोदय लामा, एस.एन. श्रेष्ठ, हरिमान लामा त्यसैगरी तामाङ नेताहरुमा रामकृष्ण ब्लोन, विलाम मोक्तान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्षेत्र नं. ९ का सहसचिव प्रेम गुरुङले सञ्चालन गरेका थिए ।

कांग्रेसी नेताहरु काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर भनेजस्तै खादा र माला, आसनग्रहण र भाषण नपाए भाउन्निने हुँदा कार्यक्रम सञ्चालकले कार्यक्रम सञ्चालन गर्दा क्षेत्रभित्रका नेताहरुको पदीय दायित्व र क्षेत्रको रोष्टर तलमाथि पारेको भन्दै दुईजना महाधिवेशन प्रतिनिधि मञ्चमा नै नगई बहिरिएका थिए भने वडाअध्यक्षहरुलाई सबैभन्दा पछि नाम बोलाएकोमा आपत्ति जनाएका थिए ।

 

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०८२ असार २३, १८: ०८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०८२ असार २३, १८: ०८

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०८२ असार २३, १८: ०८

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...