कांग्रेसले संविधान संशोधनको एजेन्डा बनाउन कार्यदल गठन गर्ने – Naya Bikalpa
June 10, 2026, Wednesday      Epaper

कांग्रेसले संविधान संशोधनको एजेन्डा बनाउन कार्यदल गठन गर्ने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले संविधान संशोधनलाई प्राथमिकता दिंदै कार्यदल गठन गर्ने निर्णय गरेको छ । १६ असारदेखि सुरु भइ सोमबार राति सम्पन्न भएको बैठकले कांग्रेस र नेकपा एमालेबीचको सात बुँदे सहमतिमा संविधान संशोधनको प्रतिबद्धतालाई अगाडि बढाउन कार्यदल बनाउने भएको हो ।

बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा प्रकाशशरण महतले पार्टीले कार्यदल बनाएर संविधान संशोधन गर्ने विषय पहिल्याउन कार्यदल बनाउने र कार्यदलले दिएको सुझावको आधारमा सत्ता साझेदार दलसँग छलफल गर्ने बताए ।

संविधान संशोधनको विषयमा सत्ता साझेदार दल बाहेकका दलहरुसँग पनि छलफल गर्ने डा महतले जानकारी दिए । पार्टीले गठन गरेको कार्यदलले विधान निर्माणमा सहकार्य गरेका दल, विज्ञ, विशेषज्ञ र नागरिक समाजसँग संवाद गर्ने बताए ।

यस्तै बैठकले कृषि, व्यापार र सुन–चाँदी व्यवसायसँग सम्बन्धित समसामयिक मुद्दामा सरकारको ध्यानाकर्षण गराउने भएको छ । प्रवक्ता महतले कृषि क्षेत्रका लागि रासायनिक मलखादको तत्काल व्यवस्था, वितरण प्रणालीमा सुधार, प्राकृतिक विषादी र प्रांगारिक मलको प्रयोगलाई प्रोत्साहन, र रासायनिक विषादीको गुणस्तर नियमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने बताए ।

यस्तै, बैठकले सुन–चाँदीलाई विलासिताको वस्तुको रूपमा परिभाषित गर्ने नीति र कोटा प्रणाली खारेज गर्नुपर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए । यस्तै सरकारले आन्दोलनरत र अनशनरत व्यवसायीहरूसँग अविलम्ब वार्ता गर्न सरकारलाई ध्यानाकर्षण गराएको पनि डा महतले जानकारी दिए ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०८२ असार २३, २१: ५५

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०८२ असार २३, २१: ५५

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०८२ असार २३, २१: ५५

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...