रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संघीय संसद् प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

रास्वापकी सांसद सोबिता गौतमले ‘भिजिट भिसा’ प्रकरणमा कैयौं दिनदेखि आवाज उठाउँदै आए पनि सरकार गम्भीर नभएको बताइन् । उनले उच्चस्तरीय छानबिन समितिको माग गर्दै विरोधस्वरुप आज पनि संसद् बहिष्कार गरेको बताइन् ।

“रास्वपा केही समयदेखि भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गर्ने कार्यविरुद्ध संसदीय छानबिन समिति वा उच्चस्तरीय जाँचबुझ आयोगको मागसहित सदनमा विरोधमा उभिएको छ,” उनले भनिन् ।

सांसद गौतमले अन्तरराष्ट्रियस्तरमा नेपालको छवि जोडिएको गम्भीर विषयमा पनि उच्चस्तरीय छानबिन समिति नबनाएर स्वार्थ बाझिने अनुपयुक्त पात्रको नेतृत्वमा एउटा सामान्य प्रशासनिक समिति बनाएको विषयमा खेद र आपत्ति रहेको बताइन् ।

यसैगरी, राप्रपाका सांसद ज्ञानबहादुर शाहीले लामो समयदेखि संसद्मा भिजिट भिसा प्रकरणसम्बन्धी आवाज उठाइरहे पनि सरकारले सुन्न नखोजिरहेको बताए ।

उनले भने, “हामीले सरकारविरुद्ध गर्न खोजेको गतिविधि होइन । यो मानव बेचबिखन विरुद्धको अभियान हो । छानबिन समिति बनोस् । यहाँ संख्याका आधारमा होइन अपराधका आधारमा छानबिन समिति बनोस् ।”

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ असार २४, १३: ५९

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८२ असार २४, १३: ५९

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८२ असार २४, १३: ५९

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...