
काठमाडौं : आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ ।
विश्वकप छनोटको यो चरणमा जम्मा ९ टोली सहभागी हुनेछन् । उपक्षेत्रीय छनोट पार गरेका कुवेत, मलेसिया, यूएई, कतार, जापान र सामोआसँगै नेपाल, पपुआ न्युगिनी र आयोजक ओमान प्रतियोगितामा सहभागी हुनेछन् ।
यीमध्ये ओमान, नेपाल, पपुआ न्युगिनी र यूएई यसअघि पनि पुरुष टी–२० विश्वकप खेलिसकेका टोली हुन् ।
९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहमा तीन टोली रहेका छन् । समूह चरण अक्टोबर ८ देखि १० सम्म हुनेछ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्, जुन अक्टोबर १२ देखि १७ सम्म सञ्चालन हुनेछ ।
सुपर सिक्स चरणपछि उत्कृष्ट तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका लागि स्थान बनाउनेछन् ।
समूह १ मा यूएई, मलेसिया र कतार छन् भने समूह २ मा नेपाल, कुवेत र जापान रहेका छन् । आयोजक ओमान समूह ३ मा पपुआ न्यूगिनी र सामोआसँग छ ।
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...
काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापाको नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्चले शेरबहादुर देउवा र...