भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू : ज्ञानेन्द्र शाही – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू : ज्ञानेन्द्र शाही

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचतेक ज्ञानबहादुर शाहीले भ्रष्टाचार आरोपी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गरी छानविन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले सार्वजनिक भएको मन्त्रीको अडियो प्रकरणको छानविनका लागि सम्बन्धीत मन्त्रीलाई प्रक्राउ गर्न माग गर्न माग गरेका हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृहमन्त्रालयका निकायहरू समेत भ्रष्टाचार जस्तो गम्भीर विषयमा मौन रहेको भन्दै आपत्ति जनाए । उनले वर्तमान सरकारले भ्रष्टाचार गरेर विश्व किर्तिमान राखेको व्यंगात्मक टिप्पणी पनि गरे ।

उनले भने, ‘पहिले पहिले एउटा चलन थियो, अहिले पनि छ । ज्ञान नपाए काँसी जानू, न्याय नपाए गोरखा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू ! मन्त्रीको अडियो टेप आएको छ, पैसा बुझाएको छ, मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ ? हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएका छौं यो देशमा । आयोगले के गरेर बसेको छ सम्माननीय सभामखु महोदय ? गृहमन्त्रालयगतका युनिटहरुले के हेरेर बसेका छन् ? मन्त्रीले राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छन् ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानविन गरियोस् । त्यति मात्र होइन अन्य मन्त्रीमाथि पनि छानविन गरियोस् ।’

उनले ज्ञान नपाए गोरखा तथा भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू भन्दै टिप्पणी समेत गरे ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०८२ असार ३१, १४: ४१

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०८२ असार ३१, १४: ४१

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०८२ असार ३१, १४: ४१

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...