काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतंकवादी घोषणा – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतंकवादी घोषणा

काठमाडौंः संयुक्त राज्य अमेरिकाले बिहीबार काश्मीरमा अप्रिलमा भएको आक्रमणका लागि दोषी ठहराइएको एक रहस्यमय समूहलाई आतंकवादी घोषणा गरेको छ । ती आतंकवादीहरूले गरेको आक्रमणले दशकौँमा भारत र पाकिस्तानबीच सबैभन्दा खराब द्वन्द्वलाई जन्म दिएको थियो ।

विदेशमन्त्री मार्को रुबियोले द रेजिस्टेन्स फ्रन्ट (टिआरएफ) लाई पाकिस्तानमा आधारित संयुक्त राष्ट्रसङ्घद्वारा नामित आतंकवादी समूह लश्कर–ए–तैयबा (एलइटी) को ‘फ्रन्ट र प्रोक्सी’ का रूपमा वर्णन गरेकाअ हुन् ।

‘आतंकवादी नामकरणले हाम्रो राष्ट्रिय सुरक्षा हितहरूको रक्षा गर्न, आतंकवाद विरुद्ध लड्न र पहलगाम आक्रमणको न्यायका लागि राष्ट्रपति (डोनाल्ड) ट्रम्पको आह्वानलाई कार्यान्वयन गर्न ट्रम्प प्रशासनको प्रतिबद्धता प्रदर्शन गर्छ’, रुबियोले विज्ञप्तिमा भने ।

विभाजित काश्मीरको भारत प्रशासित क्षेत्रको पर्यटकीय केन्द्र पहलगाममा अप्रिलमा बन्दुकधारीहरूले लगभग सबै हिन्दूसहित २६ जनाको गोली हानी हत्या गरेका थिए । बाँचेका व्यक्तिहरूले पत्रकारहरूलाई बन्दुकधारीहरूले महिला र बच्चाहरूलाई अलग गरेको र केही पुरुषलाई मुस्लिम आस्थाको घोषणा गर्न आदेश दिएको बताए ।

भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशङ्करले शुक्रबार वासिङ्टनको कार्य ‘भारत–अमेरिका आतंकवाद विरोधी सहयोगको बलियो पुष्टि’ भएको बताएका छन् । पहलगाम आक्रमणको सुरुमा जिम्मेवारी लिएको टिआरएफको बारेमा पहिले थोरै मात्र थाहा थियो । तर हत्यालाई लिएर सार्वजनिक आलोचना बढ्दै जाँदा समूहले आफ्नो दाबी फिर्ता लिएको थियो ।

भारतले टिआरएफलाई आतंकवादी सङ्गठनका रूपमा घोषणा गरेको छ र भारतस्थित अब्जर्भर रिसर्च फाउन्डेसन थिङ्क ट्याङ्कले यसलाई ‘स्मोकस्क्रिन र एलइटीको अफसुट’ भनेको छ । नयाँदिल्लीले पाकिस्तानमाथि आक्रमणलाई समर्थन गरेको आरोप लगाएको छ । उक्त आरोपलाई इस्लामाबादले अस्वीकार गरेको छ ।

पहलगाम हिंसाले दुई छिमेकीबीच चार दिनसम्म चलेको लडाइँलाई उक्साएको थियो । उक्त लडाइँमा दुवै पक्षका ७० जनाभन्दा बढी मानिस मारिएका थिए । यो सन् १९९९ पछिको सबैभन्दा खराब गतिरोध थियो ।

सम्बन्धित समाचार

आइतबारसम्म मतपत्र छपाइ सकिने
आइतबारसम्म मतपत्र छपाइ सकिने
  • २०८२ श्रावण २, ११: ३८

भक्तपुर : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८२ श्रावण २, ११: ३८

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख ३...

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
  • २०८२ श्रावण २, ११: ३८

कास्की : पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक...