विद्यादेवी भण्डारी भन्छिन्- ‘एमालेले मेरो पार्टी सदस्यता खारेज गर्न मिल्दैन’ – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

विद्यादेवी भण्डारी भन्छिन्- ‘एमालेले मेरो पार्टी सदस्यता खारेज गर्न मिल्दैन’

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेले आफ्नो पार्टी सदस्यता खारेज गर्न नमिल्ने बताएकी छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले दलमा आबद्ध हुने संवैधानिक अधिकार भएको उल्लेख गर्दै एमालेले सदस्यता खारेज गर्न नमिल्ने बताएकी हुन् ।

एमालेको पार्टी सदस्य भएर काम गरेको ३५ वर्ष भइसकेको भण्डारीले बताइन् । राष्ट्रपति भएको समयसमेत जोड्दा ४५ वर्ष भइसकेको उल्लेख गर्दै भण्डारीले एमालेलाई थप बलियो बनाउन सक्रिय हुने दाबी गरेकी छिन् ।

उनले पार्टी राजनीतिमा फर्किने आफ्नो निर्णयबाट विचलित नहुने पनि बताइन् ।

‘पार्टी हजारौँ सदस्यको रगत-पसिनाले बनेको हो म यो कुरा कुनै भावनामा भनिरहेको छैन । जबजले अगाडि सारेको पार्टी निर्माणमा अघि बढ्न देशभरका एमाले कार्यकर्तालाई आह्वान गर्छु म मेरो कुरामा विचलित हुने छैन,’ उनले भनिन्, ‘निर्धक्क ढुक्क भएर रहन आग्रह गर्छु । जननेता मदन भण्डारीले उठाएका कुरा र जबजले नै एमाले मुलुकको स्थायी शक्ति बन्न सक्छ ।’

उनले पार्टीलाई थप सशक्त बनाउनु अबको दायित्व भएको पनि बताइन् । ‘पार्टीलाई थप ‍सशक्त बनाउन सामाजिक ढंगले एकता र सुदृढ गर्नु दायित्व हाम्रै हो,’ उनले भनिन्, ‘यसका निम्ति हामी सबैको निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो । यसो हुँदा जनेता भण्डारीको विचारपालन र देशलाई समृद्ध बनाउन सकिन्छ ।’

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ श्रावण ९, १६: १६

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८२ श्रावण ९, १६: १६

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८२ श्रावण ९, १६: १६

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...