बागमतीमा तीन नवनियुक्त मन्त्रीको शपथ रोकियो, एमालेको असहमतिपछि मुख्यमन्त्री पछि हटे – Naya Bikalpa
January 19, 2026, Monday      Epaper

बागमतीमा तीन नवनियुक्त मन्त्रीको शपथ रोकियो, एमालेको असहमतिपछि मुख्यमन्त्री पछि हटे

हेटौंडा : बागमती प्रदेश सरकारमा बुधबार बिहान नियुक्त गरिएका तीन जना मन्त्रीको शपथ रोकिएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरूङलाई क्रमशः आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका थिए ।

शपथ ग्रहण बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा हुने तय भए पनि अन्तिम समयमा आएर प्रक्रिया रोकिएको हो । नवनियुक्त मन्त्रीहरूको शपथका लागि प्रदेश प्रमुख कार्यालयलाई सूचना दिइए पनि कार्यान्वयन हुन सकेन ।

मुख्यमन्त्री लामाले नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक लम्सालसहित तीन जनालाई मन्त्रिपरिषद्‌मा ल्याउने निर्णय गरे पनि एमालेको असहमतिको कारण उनी पछि हटेका छन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले संवेदनशील अवस्थामा सरकार विस्तार गर्नु अनुचित हुने भन्दै मुख्यमन्त्री लामालाई टेलिफोनमार्फत अनुरोध गरेका थिए ।

उनको आग्रहपछि सरकार विस्तारबारे अन्योल सिर्जना भएको छ । थपलियाले मन्त्री नियुक्ति र शपथले गलत सन्देश दिन सक्ने बताएका थिए । एमालेको असहमति सार्वजनिक भएपछि मुख्यमन्त्री लामा निर्णय कार्यान्वयन नगरी पछाडि हटेका हुन् ।

सम्बन्धित समाचार

आशिका तामाङले रास्वपाबाट पाइन् टिकट, धादिङ-१ बाट चुनाव लड्ने
आशिका तामाङले रास्वपाबाट पाइन् टिकट, धादिङ-१ बाट चुनाव लड्ने
  • २०८२ श्रावण १४, ११: ५६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई उम्मेदवार बनाउने भएको छ । सोमबार रास्वपा पार्टी...

रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?
रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?
  • २०८२ श्रावण १४, ११: ५६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो लगाउन...

निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’
निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’
  • २०८२ श्रावण १४, ११: ५६

काठमाडौं : मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा...