मुख्यमन्त्री लामालाई बिदाइको चेतावनी- राजीनामा नदिए प्रक्रियाबाट हटाइन्छ : इन्द्र बानियाँ – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

मुख्यमन्त्री लामालाई बिदाइको चेतावनी- राजीनामा नदिए प्रक्रियाबाट हटाइन्छ : इन्द्र बानियाँ

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएका इन्द्र बानियाँले मुख्यमन्त्री बहादुर सिंह लामालाई प्रक्रिया मार्फत हटाउने चेतावनी दिएका छन् ।

दलको नेताको निर्वाचनमा बानियाँले लामालाई पराजित गरेका थिए । तर पराजयपछि पनि लामाले संविधानअनुसार राजीनामा दिनुपर्ने कुनै कारण नरहेको अडान लिँदै आएका छन् । यसै सन्दर्भमा बानियाँले अबको कदम प्रक्रिया अनुसार अघि बढ्ने बताएका हुन् ।

‘उहाँ नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियतले दुई पार्टीबीचको सहकार्यमा मुख्यमन्त्री बन्नुभएको हो,’ बानियाँले भने, ‘अब त्यो हैसियत गुमिसकेको छ। त्यसैले दलको विधान, राजनीतिक नैतिकता र इमानदारीको आधारमा उहाँले राजीनामा दिनुपर्थ्यो ।’

उनले थपे, ‘पार्टीका साथीहरूको भावना र लोकतान्त्रिक परम्परालाई बेवास्ता गर्दै मुख्यमन्त्री पदमा अडिनु दुर्भाग्यपूर्ण हुनेछ । यदि राजीनामा नदिने हो भने प्रक्रिया अनुसार हटाइन्छ ।’

मुख्यमन्त्री लामाले भने आफ्नो पद त्याग गर्ने कुनै तयारी नभएको बताउँदै आएका छन् । यसले बागमती प्रदेशको राजनीतिक अवस्था थप तरल हुने संकेत देखिएको छ ।

सम्बन्धित समाचार

आइतबारसम्म मतपत्र छपाइ सकिने
आइतबारसम्म मतपत्र छपाइ सकिने
  • २०८२ श्रावण १४, १७: २८

भक्तपुर : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८२ श्रावण १४, १७: २८

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख ३...

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
  • २०८२ श्रावण १४, १७: २८

कास्की : पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक...