एमाले विधान महाधिवेशनको तयारीका लागि जिम्मेवारी बाँडफाँट – Naya Bikalpa
January 16, 2026, Friday      Epaper

एमाले विधान महाधिवेशनको तयारीका लागि जिम्मेवारी बाँडफाँट

काठमाडौं : नेकपा एमालेले आगामी भदौमा हुने दोस्रो विधान महाधिवेशनको व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँट गरेको छ ।

महाधिवेशन सफल बनाउन विभिन्न नेतालाई व्यवस्थापनको जिम्मेवारी दिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार महासचिव शंकर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या यकिन गर्न संगठन विभागलाई जिम्मा दिएको छ । १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कतिको मृत्यु भयो ? कतिले पार्टी छाडे ती सबै बिषय यकिन गर्न संगठन विभागलाई जिम्मा दिइएको केन्द्रीय कार्यालय सचिव डा अधिकारीले जानकारी दिए ।

त्यसैगरी स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठ, स्वयंसेवक परिचालनको जिम्मा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाललाई, सचिवालय र खानाको व्यवस्थापन कार्यालय सचिव डा अधिकारीलाई जिम्मा दिइएको छ ।

महाधिवेशन प्रचारको जिम्मा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमलाई, स्वागत नृत्यसहित विविध साँस्कृतिक कार्यक्रमका लागि केन्द्रीय सदस्य हेमराज राईलाई र कार्यालयको बैठकले यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठलाई जिम्मा दिएको जनाएको छ ।

महाधिवेशन प्रतिनिधिले आवासको व्यवस्था आफैं गर्नुपर्ने छ । आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने छ । यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ । विधान महाधिवेशनमा दुई हजार २७९ प्रतिनिधि तोकिएका छन् ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ ।

सम्बन्धित समाचार

पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
  • २०८२ श्रावण १५, १२: ३०

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...

ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
  • २०८२ श्रावण १५, १२: ३०

इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...

नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
  • २०८२ श्रावण १५, १२: ३०

काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...