स्वस्थ रहन एक छाक कोदोको परिकार खाऔं : कृषिमन्त्री अधिकारी – Naya Bikalpa
December 10, 2025, Wednesday      Epaper

स्वस्थ रहन एक छाक कोदोको परिकार खाऔं : कृषिमन्त्री अधिकारी

काठमाडौंः कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गरेका छन् ।

राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताए । हरेक नेपालीहरुलाई दिनमा एक छाक कोदोको परिकार खाने हो भने स्वस्थ रहने बताए । कोदोको खानेकुराहरुले अहिलेलाई मात्रै फाइदा नभइ भावि सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने बताए । मकै,धान, गहुँ सरह नै कोदो पनि महत्वपूर्ण बाली रहेको बताए ।

मन्त्री अधिकारीले भने, ‘हामी स्वस्थ रहने हो भने, हामीले एक छाकमात्रै भएपनि कोदोको परिकार भान्सामा राख्ने व्यवस्था गर्नसक्यौँ भने वास्तवमा स्वस्थ पनि हुन्छौँ । हामीलाई त रोग लागेको होला, अहिले उपचार गर्न सकौँला, तर भावि सन्तति पनि रोगी भएर जन्मिन्छन् । रोग भित्र्याउने काम हुन्छ । नेपाल सरकारले गरेको निर्णयको कार्यान्वयन आज चाँगुनारायण नगरपालिकाले कार्यान्वयन गरेको छ । हामीले बाटाभर थुप्रै मकैबारी देखेर आयौँ । मकै,धान, गहुँ सरह नै कोदो पनि महत्वपूर्ण बाली हो । यसको पनि त्यत्तिकै विकास गर्न सक्नुपर्छ । उत्पादनको ग्यारेन्टी कसरी हुनसक्छ त्यसमा पनि खोजी गर्नुपर्छ ।’

मन्त्री अधिकारीले कृषिमा काम गर्ने हो भने कोदो रोपेर उत्पादन बढाइ बढी फाइदा लिनुपर्ने बताए ।

सम्बन्धित समाचार

लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
  • २०८२ श्रावण १६, १५: ०७

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताएकी छन् । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको...

चन्द्र भण्डारीको सभापतिमा उम्मेदवारी घोषणा
चन्द्र भण्डारीको सभापतिमा उम्मेदवारी घोषणा
  • २०८२ श्रावण १६, १५: ०७

काठमाडौं।नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २०८२ श्रावण १६, १५: ०७

काठमाडौँ : नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर २ लाख...