मुटुभित्र खिल छ हजुर
न त झिक्नै मिल्छ हजुर
तिमीलाई धेरै माया गर्ने
एउटा सानो दिल छ हजुर…।
लोकप्रिय तथा चर्चित गीतकार गोबिन्द भट्टको शव्द र गायक तथा संगीतकार बाबुल गिरीको स्वरमा सजिएको यही बोलको गीतले अहिले बजार तताइरहेको छ । नेपाली कथानक चलचित्र ‘सिटामोल’ मा समेटिएको यो गीति यतिबेला जनजनको मुखमा गुञ्जिरहेको भेट्न सकिन्छ । गत साउन २३ गते सार्वजनिक भएको यही गीतले चचचित्रलाई समेत व्यवसायिक सफलतामा साथ दिएको छ ।
चलचित्र ‘सिटामोल’ उपत्यका र बाहिरका केही हलहरूमा प्रदर्शन भइरहेको छ । गीतकार भट्टका अनुसार, सो चलचित्रमा उनले अर्को ‘झुम्का कानैमा…’ बोलको गीत पनि समावेश छ । ‘यी दुईमध्ये मुटुभित्र खिल छ हजुर..गीतचाहिँ निकै लोकप्रिय भएको छ’ गीतकार भट्ट सन्तुष्टि व्यक्त गर्छन्– ‘माया, प्रेम र विछोड भावले भरिएको यो गीतमा शव्दहरू पनि त्यस्तै चयन गरेको छु, धेरैले शव्द–वाक्य मन–मुटु छुनेखालको भन्छन् ।’ जानकारी अनुसार, यो गीतको भिडियो अहिलेसम्म १५ लाखभन्दा बढीले हेरिसकेका छन् ।
उसो त पछिल्लो समय निकै व्यस्त गीतकार भट्टको दुई दर्जनभन्दा बढी गीत प्रकाशिन छन् भने करिव एक सय प्रकाशोन्मुख छन् । लोकदोहोरी प्रतिष्ठान, गीतकार संघ र नेपाल चलचित्र नृत्य संघको आजीवन सदस्य तथा रोयल्टी नेपालको सदस्य उनी आफ्नो विधा–पेशागत र अन्य विभिन्न सामाजिक संस्थामा समेत उत्तिकै क्रियाशील छन् ।
र त उनले ‘विशेष नागरिक क्रियसन अवार्ड–२०८२’, ‘तेस्रो स्टार म्युजिक एण्ड फिल्म अवार्ड–२०२५’, ‘चौथो स्पर्स म्युजिक भिडियो अवार्ड–२०८१’, ‘चौथो स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेस्टिभल–२०२४’मा ‘राष्ट्रिय कला सम्मान’, ‘गोल्डेन हर्स इन्टरनेशनल अवार्ड–२०२२’ तथा ‘गोल्डेन इन्टरनेशनल म्युजिक अवार्ड–२०२४’ लगायत पाइसकेका छन् । भट्ट हाल निकै चल्तीका गीतकार मानिन्छन् ।
काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध भएकी छन् । छायाकंनरत चलचित्रको निर्माणपक्षले अभिनेत्री रेखालाई ‘फ्रेन्च किस’मा...
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...
काठमाडौं ।गत वैशाखमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ अब युट्युबमा सार्वजनिक हुने भएको छ । चलचित्रका लेखक तथा...