हिरासतमा लेखिएका रवीन्द्र मिश्रका कविताको सङ्ग्रह भदौ २८ आउने – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

हिरासतमा लेखिएका रवीन्द्र मिश्रका कविताको सङ्ग्रह भदौ २८ आउने

काठमाडौं- राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको सङ्ग्रह ‘माथिको आदेश छ’ भदौ २८ मा सार्वजनिक गरिने भएको छ।

‘माथिको आदेश छ’मा सङ्गृहीत कविता हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान रहेको मिश्रले बताए । ‘यी कविता ‘हिरासतको ‘म’का आवाज, आवेग र आर्तनाद हुन्,’ उनले भनेका छन्।

‘५० दिन हिरासतमा बस्दा मलाई ३५ ओटा कविता फुरेछन् । कविताको सोच दिमागमा आउनु सामान्य हो तर त्यो सोच कविताको स्वरूपमा अभिव्यक्त हुनु असामान्य हो । हिरासत बसाइमा मलाई निरन्तर रूपमा कविताका सोचहरू दिमागमा फुरेछन् र तिनलाई मैले कवितामा रुपान्तरण गर्न सकेछु,’ कविताबारे उनले भनेका छन्।

‘तर त्यति छोटो अवधिमा त्यति धेरै कविता मैले जीवनमा कहिल्यै लेखेको थिइनँ । हिरासत बसाइका क्रममा कुनै दिन दुई ओटा कविता पनि लेखेको रहेछु।’

मिश्रको यो दोस्रो कविता संग्रह हो । उनको पहिलो कविता संग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशन भएको थियो।

‘रवीन्द्र मिश्र कवि हुन कविता लेख्दै छैनन्, कविता लेख्न कवि स्वरुपमा अवतरित छन् । कविले होइन, कवित्वले कविता लेखाएको छ,’ कवितासङ्ग्रहको पाण्डुलिपि अध्ययन गरेका मदन पुरस्कार विजेता कवि तथा गीतकार नवराज लम्सालको टिप्पणी छ, ‘यसमा सूक्ष्म कथ्यमाथि बलियो र अटुट काव्यप्रवाह छ । यस सङ्ग्रहमा अध्यात्मतर्फ कविको आकर्षण पनि सुन्दर, सशक्त र गहिरो रुपमा प्रकट भएको छ।’

‘पत्रकारिता, परोपकार वा राजनीतिको छविबिनै यस सङ्ग्रहका कवि रवीन्द्र मिश्र पूर्ण छन् । मिश्रलाई कविताको बाटोमा दह्रो गरी खुट्टा टेकेर उभिन यो कवितासङ्ग्रह पर्याप्त रहेको पद्मश्री साहित्य पुरस्कार विजेता कवि नवराज पराजुलीको बुझाइ छ । ‘अनुभूतिलाई शब्दमा बिछ्याउँदा कविताको जुन बाटो बन्छ, रवीन्द्र मिश्र त्यो बाटोभरि इमानदार लाग्छन् । इमानदारी सौन्दर्य बनेर उनका कवितामा फुलेको छ,’ पराजुलीले लेखेका छन्।

कवितासङ्ग्रह फाइनप्रिन्टले प्रकाशन गर्न लागेको हो।

सम्बन्धित समाचार

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०८२ भाद्र ९, १८: २२

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...

देबि घिमिरेको मनझोलि लोकार्पण
देबि घिमिरेको मनझोलि लोकार्पण
  • २०८२ भाद्र ९, १८: २२

काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...

नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
  • २०८२ भाद्र ९, १८: २२

ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...