गृहमन्त्री रामबहादुर थापाकाे पिसिआर परिक्षण नेगेटिभ – Naya Bikalpa
September 25, 2026, Friday      Epaper

गृहमन्त्री रामबहादुर थापाकाे पिसिआर परिक्षण नेगेटिभ

नयाँ विकल्प,

काठमाडौं –गृहमन्त्री रामबहादुर थापा बादलकाे काेराेना परिक्षण पिसिआर परिक्षण नेगेटिभ आएको छ। गृहमन्त्रीका प्रेश सल्लाहाकार किरण भट्टराइका अनुसार शनिवार थापाकाे परिक्षणकाे रिपाेर्ट नेगेटिभ आएकाे हाे ।

थापा संगै हाेम आइसोलेसनमा बसेका रक्षामन्त्री इश्वर पोखरेलको कोरोना पिसिआर परिक्षण नेगेटिभ आएको छ ।

काेरोना संक्रमितसंग सम्पर्कमा आएका कारण संक्रमणको आशंकामा शुक्रबार रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा सेल्फ आइसोलेसनमा बसेका थिए । संक्रमणको आशंकामा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सेल्फ आइसोलेसनमा बसेका छन् ।


कोभिड–१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसी मा कार्यरत कार्यालय सहयोगीलाई संक्रमण देखिएपछि मन्त्रीत्रय होम आइसोलेसनमा बसेका हुन् ।

नेकपा सचिवालय सदस्य समेत रहेका रक्षा तथा उपप्रधानमन्त्री पोखरेल गृहमन्त्री थापा उपस्थित नभएपछि शनिवारकालागी तय भएको नेकपा को सचिवालय बैठक स्थगित गरिएको थियो ।
गृहमन्त्रालय स्रोतका अनुसार शुक्रबार थापा निजि निवासबाट बाहिर निस्केका छैनन । घरमा समेत उनि परिवारका अन्य सदस्यसंग पनि टाढै बसेका छन । थापाले कोरोना संक्रमण फैलिन सक्ने भन्दै राजनीतिक भेटघाट यसअघि नै बन्द गरेका थिए ।

स्थगित बैठक १८ भदौका लागि सरेको छ। बैठकमा पार्टी विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

सम्बन्धित समाचार

एसियाली खेलकुद : क्रिकेटमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : क्रिकेटमा नेपालको विजयी सुरुवात
  • २०७७ भाद्र १३, १९: १६

काठमाडौं : एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा...

वर्षाका कारण काठमाडौंको फोहोर बिसर्जन प्रभावित
वर्षाका कारण काठमाडौंको फोहोर बिसर्जन प्रभावित
  • २०७७ भाद्र १३, १९: १६

काठमाडौं : निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन प्रभावित भएको छ । सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा वर्षाका कारण लेदोसहितको पानी...

काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
  • २०७७ भाद्र १३, १९: १६

काठमाडौं : विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण...