म्युजिकल चियर अटोक्रेसीका कारण जेनजीको जन्म – Naya Bikalpa
November 14, 2025, Friday      Epaper

म्युजिकल चियर अटोक्रेसीका कारण जेनजीको जन्म

  • सुदिन दवाडी

काठमाडौं । सन् १९९७ देखि २०१२ सम्म जन्मिएका पुस्तालाई जेनजी भन्ने गरिन्छ । राजनीतिको कुनै पनि तन्त्रमा आफुलाई प्रस्तुत नगरेका जेनजीको पुस्ताले एकाएक नेपाली राजनीतिमा होमियो । भित्रभित्रै पिल्सिएर, गुम्सिएर बसेका घरघरका जेनजी पुस्ता एकाएक सामाजिक सञ्जालमा विगत २÷३ महिनादेखि एकीकृत हुन पुगेको पाइन्छ । २ महिनादेखि सामाजिक ट्रेण्डले के देखाएको थियो भने जेनजी पुस्ताहरु कसरी विदेश जान सकिन्छ भनेर खोज्न बाध्य भइरहँदा नेपोबेबी नामक एक सामाजिक सञ्जालको ट्रेण्डले जेनजीलाई भ्रष्ट लागेका नेताहरुका छोराछोरी कसरी ३÷३ महिनामा विदेश जान्छन् ? महँगा महँगा ब्राण्डका लुगा तथा सामग्रीहरु कसरी प्रयोग गर्दछन् ? भनेर खोजी गर्दै जाँदा देशमा कति भ्रष्टचार हुन्छ भनेर सोच्न बाध्य भए । सोही अनुरुप जेनजी पुस्ताले उग्ररुप लिन पुग्दछ । र, ८ सेप्टेम्बरको जन्म हुन्छ ।

यतिबेला कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायत सबै राजनीतिक दलका नेताहरुको घरघरमा जेनजी पुस्ताको जन्म भएको छ ।

उनीहरु भनिरहेका छन्– तिमीहरुले केही गरेनौ, राजनीति गर्न नजानेर तिमीहरुको पुस्ताले मुलुकलाई सही बाटोमा लान सकेन, राजनीति अराजकता, भ्रष्टाचार पार्टी–पार्टीको स्वार्थ, गुट–गुटको जन्म गराएर लोकतन्त्र नै खतरामा पा¥यौ । त्यसकारण पनि तिमीहरु राजनीतिबाट सन्यास लिनुपर्छ । किनकी, जेनएक्स पुस्तामा मात्रै तीन नेताहरुले घुमिफिरी राज्य सञ्चालन गर्दा मुलुकका युवाहरु दिनप्रतिदिन पलायन हुँदै जानेक्रम बढ्दो छ ।

राज्य सञ्चालनमा कुनै पारदर्शी छैन । जनताले तिरेको करको हिसाब दिँदैनौं एउटै व्यक्ति ३०औं वर्षसम्म पार्टीको नेतृत्वको उच्च तहमा रहने, सरकारमा पटक पटक नेतृत्व गर्ने, पाँचौं÷छैठौं पटक सम्म एउटै व्यक्ति प्रधानमन्त्री बन्ने र मुलुकका लागि कुनै नयाँ आयाम, आर्थिक उन्नति, रोजगारी, शैक्षिक गुणस्तर विकास नगर्ने, अकुत सम्पत्ति बटुल्ने लगायत कारण जेनजी पुस्ताले नेपालको राजनीतिलाई दुई दिनमै परिवर्तन गराए ।

किनकी, नेपालका ठूला दुई पार्टीको सहमतिमा सरकारको नेतृत्व गरिरहेका एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र घुमिफिरी ९ वर्ष ९७ दिन सत्ता सञ्चालन गरेको देखिन्छ । जसअनुसार ओलीले १९९७ दिन, प्रचण्डले ८५७ दिन, देउवाले ७८३ दिन गरेर ३६३७ दिन सत्ताको राजमा बसेका थिए ।

जसले गर्दा १० वर्षसम्म पनि कुनै परिवर्तन ल्याउन नसक्ने, आफ्नालाई पोस्ने र संविधान विपरीत कार्यहरु गर्दै जाँदा देशमा एकाएक आगो सल्कियो । यद्यपि, यति हुँदा पनि तीन नेताले पार्टीको शीर्ष नेतृत्वबाट अलग्ग हुने चासो देखाएका छैनन् ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०८२ भाद्र ३०, १४: १३

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०८२ भाद्र ३०, १४: १३

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०८२ भाद्र ३०, १४: १३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...