ओली र लेखकसहित ५ जनालाई विदेश जान रोक, अनुमतिबिना उपत्यका छाड्न पनि नपाउने – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

ओली र लेखकसहित ५ जनालाई विदेश जान रोक, अनुमतिबिना उपत्यका छाड्न पनि नपाउने

काठमाडौं : सरकारले जेन-जी आन्दोलन दमनको घटनामा संलग्न भएको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच उच्च अधिकारीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जाँचबुझ आयोगको सिफारिसअनुसार यी व्यक्तिहरूलाई विदेश यात्रामा प्रतिबन्ध लगाइएको हो । साथै, उनीहरूलाई गृह मन्त्रालयको अनुमतिबिना काठमाडौं उपत्यका छाड्नसमेत रोक लगाइएको छ ।

रोक्का सूचीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल रहेका छन् ।

गत २३ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा प्रहरीले घातक हतियार प्रयोग गर्दा १९ जनाको ज्यान गएको थियो । आन्दोलनकारीलाई संघीय संसद भवनतर्फ अघि बढ्न नदिन गृह मन्त्रालयले कडा निर्देशन जारी गरेको थियो । सोही निर्देशनअनुसार तत्कालीन सीडीओ छवि रिजालले प्रहरीलाई गोली चलाउन आदेश दिएको बताइएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले भने आफूले गोली चलाउन कुनै निर्देशन नदिएको दाबी गरेका छन् ।

सम्बन्धित समाचार

नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
  • २०८२ आश्विन १२, १८: २९

वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य...

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
  • २०८२ आश्विन १२, १८: २९

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
  • २०८२ आश्विन १२, १८: २९

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...