
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन् ।
नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार कसैले नछानेको हुनाले यसले नेपालीको प्रतिनिधित्व गर्न नसक्ने तर्क गरे ।
उनले सरकारले आफूलाई काठमाडौं भ्याली छोड्न नपाउने भनेर तमासा देखाएको भन्दै आपत्ति जनाए । अध्यक्ष ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई सम्हालिएर अघि बढ्न पनि सचेत गराउनु भयो ।
उनले भने, ‘यो सरकार नेपालीको प्रतिनिधि होइन, अन्त कतैको भए थाहा छैन । कसैले छानेको सरकार होइन यो । उहाँहरु एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ । मेरो पासपोर्ट रोक्का गर्ने ? अर्को तमासा के गर्नुभयो भने काठमाडौं भ्याली, यो डाँडो काटेर बाहिर जान नपाउने । केपी ओली यो डाँडोसम्म जान पाउँछ, पल्ला पटी हेर्न किन नपाइने । त्यो पनि थाहा छैन । पानीढलको सीमाना वा । यो तमासा नभए, सडक तमासा नभए के हो यो ? सुशीला कार्कीको डरले केपी ओली भाग्छ ? के सोच्या छ ? अहिलेको गृहमन्त्रीको त मैले नाम पनि सुनेको थिइनँ । गृहमन्त्री बाबुलाई धेरै नउत्याउलिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु ।’
अध्यक्ष ओलीले सरकार संवैधानिक बाटोबाट नबनेको समेत दोहोर्याए ।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...