राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी छः प्रधानमन्त्री कार्की – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी छः प्रधानमन्त्री कार्की

काठमाडौंः अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छन् ।

जेनजी आन्दोलनको एक महिना पुगेको स्मरणमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले युवाहरुले गरेको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसाथ गर्नुपर्ने बताइन् । क्रान्ति पछाडिको कारणलाई समेत गम्भीरताका साथ लिनुपर्ने बताइन् । युवाहरुको बलिदान पछि राजनीतिक र आर्थिक सुधार, देशमा विधि र न्यायको शासनको अपेक्षा, देशमा भ्रष्टाचार र बेथितिको अन्त्य भएको हेर्ने चाहना रहेको बताइन् ।

एकातिर युवामा निराशा व्याप्त रहेको र अर्कोतिर देशप्रति उत्कट प्रेम रहेको बताउँदै उनीहरुको भावनालाई आफूले सम्मान गर्ने बताइन् । विगतका सरकारहरुले युवाहरुका आवाज सुन्न र उनीहरुको माग सम्बोधन गर्न नसकेको आरोप लगाउँदै यसका लागि सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने बताइन् । युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिवद्ध रहेको बताउँदै नयाँ मार्गमा अघि बढिरहेको जिकिर गरिन् ।

उनले भनिन्, ‘युवाहरुले गरेको यस राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसाथ गर्न जरुरी छ । यो क्रान्ति पछाडिको कारणलाई समेत हामीले गम्भीरताका साथ लिनुपर्छ । हाम्रा युवाहरुको बलिदान पछि राजनीतिक र आर्थिक सुधारका तिब्र चाहना छन् । देशमा विधि र न्यायको शासनको अपेक्षा छ । देशमा भ्रष्टाचार र बेथितिको अन्त्य भएको हेर्ने चाहना छ । युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ । एकातिर हाम्रा युवामा निराशा व्याप्त छ भने अर्कोतिर देशप्रति उत्कट प्रेम छ । उनीहरुको भावनालाई म सम्मान गर्न चाहन्छु । विगतका सरकारहरुले युवाहरुका आवाज सुन्न सकेनन् । उनीहरुको माग सम्बोधन गर्न सकेनन् । यसका लागि हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ । हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिवद्ध छौँ । नयाँ मार्गमा अघि बढिरहेका छौँ । यो मार्ग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ ।’

उनले राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी रहेको बताइन् । आन्दोलनका पीडित र घाइतेहरुको उपचार र राहतका लागि विशेष कार्यक्रम अगाडि सारेको बताइन् । उनीहरुको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको जिकिर गरिन् । भ्रष्टाचार, बेरोजगारी, विभेद जस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्न प्रतिवद्ध रहेको बताइन् । भविष्यको नेपाल निर्माणमा जेन जीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने बताइन्।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०८२ आश्विन २४, ११: ३९

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०८२ आश्विन २४, ११: ३९

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०८२ आश्विन २४, ११: ३९

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...