युवा संघलाई मोटरसाइकल र्‍याली गर्न काठमाडौं प्रशासनको रोक – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

युवा संघलाई मोटरसाइकल र्‍याली गर्न काठमाडौं प्रशासनको रोक

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले निकट युवा संघले शनिबार आयोजना गर्न लागेको मोटरसाइकल र्‍याली र सभामा रोक लगाएको छ ।

काठमाडौं प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा शान्ति सुरक्षा कायम राख्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न भन्दै कुनै पनि समूहलाई र्‍याली, जुलुस, धर्ना वा सभा गर्न अनुमति नदिइएको उल्लेख छ ।

प्रशासनले हालैको जेनजी आन्दोलनपछि भएको तोडफोड, आगजनी र सम्पत्ति क्षतिका घटनालाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको जनाएको छ ।

“शान्ति सुरक्षामा चुनौती थपिन सक्ने र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन जटिलता आउन सक्ने भएकाले कुनै पनि र्‍याली वा प्रदर्शनको स्वीकृति दिइने छैन,” सूचनामा भनिएको छ ।

जिल्ला प्रशासनले पूर्वअनुमति बिना कुनै पनि कार्यक्रम नगर्न सबै पक्षलाई आग्रह गरेको छ । यस्ता गतिविधिले सार्वजनिक सेवा प्रवाह र शान्ति व्यवस्थामा असर पर्न सक्ने प्रशासनको ठहर छ ।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०८२ आश्विन २४, १४: १०

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०८२ आश्विन २४, १४: १०

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०८२ आश्विन २४, १४: १०

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...