कांग्रेसमा पूर्णबहादुर कार्यबहाक सभापति तोकिँदा सात भाइ जिल्लाराम – Naya Bikalpa
October 18, 2025, Saturday      Epaper

कांग्रेसमा पूर्णबहादुर कार्यबहाक सभापति तोकिँदा सात भाइ जिल्लाराम

काठमाडौं । भदौ २३ र २४ गते नाति पुस्ता जेनजीहरुले गरेको हिंसात्मक आन्दोलनपछि नेपालको राजनैतिक घटनाक्रम अनपेक्षित रुपमा अगाडि बढ्यो र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन हुन पुग्यो ।

राजनैतिक दलका नेतादेखि शीर्ष नेतासम्मको नेताहरुको जिउधनको नै नाश हुने गरी हिंसात्मक गतिविधिले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवामाथि सांघातिक हमला तथा निवासको समेत आगजनी भयो । देउवा १ महिना ४ दिनको औषधि उपचारपछि बल्ल सार्वजनिक रुपमा पार्टी केन्द्रीय कार्यालय पुगे । निकै लामो प्रतिक्षापछि केन्द्रीय समितिको बैठक आज सम्पन्न भएको छ । केन्द्रीय समितिको बैठकमा उपस्थित भएर निकै लामो लिखित वक्तव्यबाट पार्टीको कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई दिने घोषणा गरे ।

मुलुक र पार्टीका लागि पार्टीभित्र एकतामा जोड दिँदै सबै मिलेर मुलुकको समस्या समाधान गर्न आव्हान समेत गरे । लामो लिखित भाषणमा स्वास्थ्यका कारण आफुले पार्टी कार्यबहाक समेत उपसभापति पूर्णबहादुर खड्कालाई दिएको घोषणा गरे । यसले गर्दा सधैं देउवाको आर्शीवादबाट पार्टीको पद र लाभको पद हत्याई रहेका सात भाइमध्ये आफु आफुनै वरिष्ठ भएको दावी पेश गरिरहेका थिए । यसरी छुटाछुट्टै दावी पेश गर्नेहरुमा विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विजयकुमार गच्छदार, डा. प्रकाशशरण महत रहेका थिए । देउवाले २८ गतेको केन्द्रीय समितिको बैठकबाटै विधानअनुरुप उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबहाक तोकेपछि सात भाइ जिल्लाराममा परेका छन् । देउवा सांघातिक हमलामा परेपछि पटक पटक एक्लाएक्लै भेट गर्दै वरिष्ठताको आधारमा आफुले कार्यबहाक पाउनुपर्ने सातै नेताले दावी गरिरहेको देउवा निकट सुत्रले बताउँछ ।

यसरी सात भाइमा विमलेन्द्र निधि र प्रकाशमान सिंह १४औं महाधिवेशनमा देउवासँगै सभापतिमा भिडेका थिए भने दोस्रो चरणमा देउवालाई नै समर्थन गरेर सभापति बनाएका थिए । कृष्णप्रसाद सिटौला आम निर्वाचनमा झापाबाट पराजित भई फेरि राष्ट्रिय सभाको निर्वाचनमा पुनः टिकट पाएर निर्वाचित भएका व्यक्ति हुन् । डा. शशांक कोइराला पार्टीमा कुनै सांगठिक संरचना विना देउवाले सभापति बनाइदिन्छन् भनेर देउवालाई साथ दिँदै आएका, त्यस्तै प्रकाशशरण महत पार्टी र आम निर्वाचनमा कहिँबाट पनि निर्वाचित हुन नसकेपछि देउवाकै आर्शीवादबाट केन्द्रीय सदस्य हुँदै प्रवक्ता र समानुपातिकबाट संघीय सांसद भएका हुन् । गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदारको हाल पार्टीमा यतिधेरै सांगठनिक गतिविधि नरहेको व्यक्तिमा पर्दछन् ।

 

सम्बन्धित समाचार

काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह
काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह
  • २०८२ आश्विन २८, १८: ५६

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ । कार्यालयले मैनवत्ती तथा...

आजदेखि सुरु भयो तिहार
आजदेखि सुरु भयो तिहार
  • २०८२ आश्विन २८, १८: ५६

काठमाडौं : उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि...

नेपाल अपराजित रहँदै टी-२० विश्वकप छनोट च्याम्पियन
नेपाल अपराजित रहँदै टी-२० विश्वकप छनोट च्याम्पियन
  • २०८२ आश्विन २८, १८: ५६

काठमाडौं : नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको उपाधि हात पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा...