काठमाडौं । टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ ।शुक्रबार ओमानमा जारी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो ।ओमानमा जारी एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा हिजो यूएईले जापानलाई आठ विकेटले हराएसँगै विश्वकप खेल्ने टोलीहरुको समिकरण पूरा भएको छ ।
नेपालको चार खेलमा आठ अङ्क छ । सुपर सिक्समा कुनै पनि खेल जित्न नसकेको सामोआ तालिकाको पुछारमा रहेर विश्वकप छनोटबाट बाहिरिसकेको छ । दोश्रो स्थानमा रहेको यूएईले सबै पाँच खेल खेल्दै छ अङ्क बनाएको छ । चार खेलमा ओमानको छ अङ्कसहित तेश्रो स्थानमा छ । ओमानले आज जापानसँग खेल्दैछ । ओमानको पनि छनोट प्रतियागिताको उपाधि जित्ने सम्भावना कायमै छ ।
एशिया तथा इस्ट एशिया प्यासिफिकबाट यसअघि नै नेपाल र ओमान छनोट भइसकेका छन् । आयोजक भारत र श्रीलङ्काबाहेक आईसीसीका शीर्ष सात टोली अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले आउँदो विश्वकपमा स्वतः प्रवेश पाएका छन् ।
त्यस्तै सामाओले भने विश्वकपको दौडबाट बाहिरिइसकेको छ । सुपरसिक्समा सामाओले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।
विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमानमा रहेको छ । टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।
काठमाडौं : नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको उपाधि हात पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा...
काठमाडौं : सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्ने निर्णय गरेको...
काठमाडौँ : आइसीसी टी-२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ । ओमानको...