गृहमन्त्री हटाउन बालेनको दबाबबारे प्रधानमन्त्रीको प्रष्टीकरण- कसैको दबाबले निर्णय हुँदैन – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

गृहमन्त्री हटाउन बालेनको दबाबबारे प्रधानमन्त्रीको प्रष्टीकरण- कसैको दबाबले निर्णय हुँदैन

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएको भन्ने आशयका समाचार विभिन्न सञ्चार माध्यममा आएकोप्रति प्रधानमन्त्रीको स्वकीय सचिवालयले आपत्ति जनाएको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएको भन्दै कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने बताइएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ – ‘जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ ।’

विगत केहिदिन देखि प्रधानमन्त्री कार्की र मेयर बालेनबीच गृहमन्त्री अर्याललाई हटाउनुपर्ने विषयमा छलफल भइरहेको समाचारहरू प्रकासित भएका थिए । गृहमन्त्री अर्यालले भदौ २३ गतेको आन्दोलनमा बल प्रयोगको आदेश दिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने मेयर बालेनको माग थियो । तर भदौ २४ का दोषीहरूलाई पक्राउ गरी कारबाही गर्न थालिएपछि मेयर बालेनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको भन्ने बिषय निराधार भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०८२ कार्तिक १३, ११: २७

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०८२ कार्तिक १३, ११: २७

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०८२ कार्तिक १३, ११: २७

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...