सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूतको शिष्टाचार भेट – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य, वर्तमान अवस्थाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र भारतबीच रहेको ऐतिहासिक सम्बन्ध, नेपालमा भारतको सहयोगमा सञ्चालित विकास आयोजनालगायत विभिन्न कालखण्डमा नेपालको सामाजिक तथा राजनीतिक विकासमा भारतबाट सहयोग एवम् सद्भावको सराहना गरे । मन्त्री खरेलले नेपालको विद्यमान परिस्थितिका बारेमा उल्लेख गर्दै स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाचनलाई सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन नै सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले तोकिएको मितिमा नै निर्वाचन गराउनका लागि सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिसँग संवाद अगाडि बढाएको उल्लेख गरे । बुधबार मात्रै सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच पहिलोपटक औपचारिक रुपमा त्रिपक्षीय बैठक भएको र सबै निर्वाचनका लागि सकारात्मक रहेको उनको भनाइ थियो ।

त्यस अवसरमा राजदूत श्रीवास्तवले सञ्चारमन्त्री खरेललाई बधाई ज्ञापन गर्दै असल छिमेकीको नाताले भारतको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । भारत सरकार नेपालको आर्थिक रुपान्तरण एवम् समृद्धिका लागि नेपालको प्राथमिकताका क्षेत्रमा वित्तीय र प्राविधिक सहयोग अभिवृद्धि गर्न तयार रहेको उनले बताए । भेटवार्तामा सञ्चार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको पनि सहभागिता थियो ।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०८२ कार्तिक १३, १७: ४६

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०८२ कार्तिक १३, १७: ४६

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०८२ कार्तिक १३, १७: ४६

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...