
काठमाडौं : सर्वोच्च अदालतको आदेशविपरीत सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको छ।
मन्त्रिपरिषदले असोज ३० गते गरेको निर्णयअनुसार फिर्ता बोलाइएका राजदूतलाई काठमाडौं आएर परराष्ट्र मन्त्रालयबाटै काम गर्न पत्राचार गरिएको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले ११ जना राजदूतलाई मन्त्रालयमा हाजिर भएर काम गर्ने गरी निर्देशन पठाइएको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीस्तरको निर्णयबाट यस्तो निर्देशन दिइएको हो।
सर्वोच्च अदालतले ती ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न आइतबार अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजालासले उक्त आदेश गरेको हो।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...