
काठमाडौं : नेकपा माओवादी केन्द्रबाट औपचारिकरुपमा अलग हुँदै नेता जनार्दन शर्माले प्रगतिशील अभियान नेपाल घोषणा गरेका छन् । मंगलबार ललितपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले अभियानको घोषणा गरे ।
पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मासहित पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखेलगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान सुरु गरेका हुन् ।
पार्टीको मूल नेतृत्वसँग लामो समयदेखि संघर्ष गर्दै आएका शर्माले माओवादीको नेतृत्वमा भएको दश वर्षे संघर्षदेखि पछिल्लो जेनजी आन्दोलनले उठाएका माग र भावनाविपरीत पार्टी र नेतृत्व अघि बढेकाले एकता प्रक्रियाबाट बाहिरिएको बताए ।
उनले विगतको नेतृत्वका खराब आचरण र क्रियाकलापमा आफूहरूले पनि सघाएको आत्मालोचना गर्दै अब सच्चिएर अघि बढ्न अभियान थालेको दाबी गरे ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई उम्मेदवार बनाउने भएको छ । सोमबार रास्वपा पार्टी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो लगाउन...
काठमाडौं : मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा...