
काठमाडौं : नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीसहित विभिन्न ८ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ ।
बुधबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएयो ।
उनका अनुसार एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी हुने भएको छ । उनले पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विषेशताको वैज्ञानिक समाजवाद हुने पनि बताए ।
उनले पार्टीले एतापछि गर्ने आन्दोलन शान्तिपूर्ण रहने तथा परिस्थितिअनुसार सडक, सदन र सरकार लगायत सबै मोर्चाहरु आन्दोलनको मोर्चा हुने बताए ।
उनले पार्टी एकता राष्ट्रिय सम्मेलन बुधबार काठमाडौंमा आयोजना गरिने पनि बताए । उक्त सम्मेलनबाट पार्टी एकता, पार्टीको घोषणापत्र, अन्तरिम विधान पारित र केन्द्रीय समिति गठन लगायतका कामहरु गरिने सापकोटाको भनाइ छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई उम्मेदवार बनाउने भएको छ । सोमबार रास्वपा पार्टी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो लगाउन...
काठमाडौं : मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा...