‘श्रमाधान कल सेन्टर’मा गुनासा बढे, तर धेरै समाधान भएनन् – Naya Bikalpa
April 18, 2026, Saturday      Epaper

‘श्रमाधान कल सेन्टर’मा गुनासा बढे, तर धेरै समाधान भएनन्

काठमाडौं : वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको ‘श्रमाधान कल सेन्टर’मा समस्या सुनाउनेको संख्या बढे पनि तिनको समाधान भने कम भएको पाइएको छ ।

बोर्डको वार्षिक प्रगति प्रतिवेदनमा २०८१/८२ मा कल सेन्टरमा ९५ हजार ६७ जनाले समस्या टिपाएका ३३ हजार ४३० का समस्या मात्रै समाधान भएका छन् । जसमा ६१ हजार ६३७ जनाका समस्या समाधान हुन सकेका छैनन् ।

यस्तै, २०७६/७७ देखि २०८१/८२ सम्म समस्या सुनाउने प्रवृद्धि बढेको देखिए पनि समाधानको अवस्था अझै प्रभावकारी हुन नसकेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका नेपाली कामदारको गुनासो सुनुवाइ गरी सम्बन्धित निकायबाट यथाशीघ्र सहयोग उपलब्ध गराउने उद्देश्यले विसं २०७५ चैतदेखि कल सेन्टर स्थापना एवं सञ्चालन सुरु गरिएको हो ।

यस्तै, बोर्डबाट वैदेशिक रोजगारमा रहेका कामदारको स्वास्थ्य समस्या सम्बोधन गर्ने उद्देश्यले ‘टेलिमेडिसिन’ सेवा सञ्चालनसमेत सञ्चालनमा छ । यसमा पनि आव २०७९/८० देखि २०८१/८२ सम्म आठ हजार ५७९ सेवाग्राही रहेका छन् । यसमार्फत भने सत्प्रतिशत समस्या समाधान भएको तथ्यांक छ ।

बोर्डले १८औं स्थापना दिवसका सन्र्दभमा आज वार्षिक प्रगति प्रतिवेदन प्रकाशन गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीलाई समेत बुझाइएको प्रतिवेदनमा कल सेन्टर वैदेशिक रोजगारका क्रममा समस्यामा परेका नागरिकको महत्त्वपूर्ण सहयोगी हुने उल्लेख छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले वैदेशीक रोजगारबारे उठेका समस्या समाधानका लागि मन्त्रालय सधैं चनाखो रहँदै आएको बताए । उनले कल सेन्टरको प्रभावकारिता बढेको र कतिपय समाधान गर्न नसकिने समस्यासमेत आउने गरेको बताए ।

बोर्डका कार्यकारी निर्देशक डा द्वारीका उप्रेतीले कल सेन्टरमार्फत समस्या टिपाउने तर समाधान भइसकेपछि पुनःसम्पर्क नगर्दा समाधानको तथ्यांक कम देखिएको धारणा राखे ।

बोर्डले २०७७ देखि २०८२ सम्म ४५,२४४ जनाले निःशुल्क सीप विकास तालिम प्राप्त गरेको जनाएको छ ।

सम्बन्धित समाचार

लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
  • २०८२ कार्तिक १८, १९: ५९

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...

तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ
तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ
  • २०८२ कार्तिक १८, १९: ५९

काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका...

सर्वोच्चद्वारा गगन थापाकै नेतृत्वलाई आधिकारिकता, देउवा समूहको रिट खारेज
सर्वोच्चद्वारा गगन थापाकै नेतृत्वलाई आधिकारिकता, देउवा समूहको रिट खारेज
  • २०८२ कार्तिक १८, १९: ५९

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापाको नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्चले शेरबहादुर देउवा र...