रामकुमारी झाँक्रीले भनिन्- एकीकृत समाजवादीसँगको यात्रा आजैबाट टुंगियो – Naya Bikalpa
April 18, 2026, Saturday      Epaper

रामकुमारी झाँक्रीले भनिन्- एकीकृत समाजवादीसँगको यात्रा आजैबाट टुंगियो

काठमाडौं : एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आजबाट सो पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन्।

एकीकृत समाजवादी र माओवादी केन्द्रसहितका वाम दलबीच आज एकता घोषणा हुँदै गर्दा यो प्रक्रियाबाट अलग रहेकी झाँक्रीले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएकी हुन्।

‘एकीकृत समाजवादीसँगै अघि बढ्ने बाटो अवरुद्ध भएपछि उपयुक्त मार्ग पहिल्याएर नयाँ यात्रा अघि बढाउने अभियानमा हामी लागेका छौँ,’ झाँक्रीले भनिन्।

उनले एमाले फुटेर एकीकृत समाजवादी बनाउँदा आफूले बीचमै यात्रा टुंग्याउन नसकेको भन्दै आज त्यो अवसर आएकोमा खुसीसमेत व्यक्त गरिन्। ‘आज एकीकृत समाजवादीसँगको यात्रा टुंगिँदा एक प्रकारले हामी खुसी नै छौँ,’ उनले भनिन्।

संविधान र लोकतन्त्रमा संकट आएपछि एकीकृत समाजवादी निर्माण गरेको भन्दै उनले तर सो पार्टी सोचेअनुसार अघि बढ्न नसकेको र आफूहरूले त्यो पार्टीबाट चुनाव जित्नसमेत नसकेको उनले बताइन्।

सम्बन्धित समाचार

लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
  • २०८२ कार्तिक १९, ११: ५०

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...

तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ
तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ
  • २०८२ कार्तिक १९, ११: ५०

काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका...

सर्वोच्चद्वारा गगन थापाकै नेतृत्वलाई आधिकारिकता, देउवा समूहको रिट खारेज
सर्वोच्चद्वारा गगन थापाकै नेतृत्वलाई आधिकारिकता, देउवा समूहको रिट खारेज
  • २०८२ कार्तिक १९, ११: ५०

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापाको नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्चले शेरबहादुर देउवा र...