नेपालले युएईलाई दियो २४० रनको लक्ष्य – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं : आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको हो ।

नेपालका लागि भिम सार्कीले सर्वाधिक ४८ रन बनाए । उनले ६८ बलमा ७ चौका प्रहार गरे । कुशल मल्लले ४६ रन बनाए । उनले ५१ बलमा ३ छक्का र १ चौका प्रहार गरे । ओपनर आशिफ शेख ४८ बलमा ४ चौका सहयोगमा ३४ रन बनाएर आउट भए ।

दिपेन्द्रसिंह ऐरीले ४३ बलमा ३ चौका र १ छक्का सहयोगमा ३७ रन बनाए । आरिफ शेखले ५३ बलमा २ चौका सहयोगमा ३० रन बनाए ।

ओपनर कुशल भुर्तेल ९ बलमा २ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल ७ बलमा २ रन बनाएर आउट भए । नन्दल यादव १ रनमा आउट भए ।  करण केसी शून्य रनमा आउट भए ।

सन्दीप लामिछाने १५ रन र ललित राजवंशी ४ रनमा अविजित रहे ।

युएईका लागि ध्रुव परासर, जुनैद सिद्दीकी र मुहम्मद जावादुल्लह समान २-२ विकेट लिए । जहिद अलीले एक विकेट लिए ।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०८२ कार्तिक १९, १५: २१

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०८२ कार्तिक १९, १५: २१

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०८२ कार्तिक १९, १५: २१

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...