कोरोनाबाट बुधबार थप १२ को मृत्यु, मृतकको सख्या अढाइ सय नाघ्यो – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
काठमाडौंमा तीन सय ८८ संक्रमित थपिए

कोरोनाबाट बुधबार थप १२ को मृत्यु, मृतकको सख्या अढाइ सय नाघ्यो


नयाँ विकल्प,

काठमाडौं ।नेपालमा कोरोना भाइरसको संक्रमणका कारण बुधबार दिउँसो ४ बजेसम्म थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेले थप १२ सहित कोरोनाबाट मृत्यु हुनेको सख्या नेपालमा दुई सय ५१ पुगेको पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु हुनेमा ६ महिला र ६ पुरुष छन् । जसमा चितवनकी १८ र ५५ वर्षे दुई महिला, काठमाडौंकी ८९ वर्षे महिला, ललितपुरकी ७० वर्षे महिला, तनहुँकी २० वर्षे महिला, कपिलवस्तुकी ६० वर्षे महिला छन् ।

त्यस्तै वाराका ५७ वर्षे पुरुष, चितवनका ६५ वर्षे पुरुष, भक्तपुरका ४० वर्षे पुरुष, काठमाडौंका ७० र ७५ वर्षे दुई पुरुष र धादिङका ४७ वर्षे पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको हो ।

मन्त्रालयले कूल संक्रमितमध्ये ० दशमलव ६ प्रतिशतको मात्र निधन भएको दाबी गरेको छ ।

मंगलबार ११ को कोरोनाले मृत्यु भएको थियो । मंगलबार पर्षाका तीन जनाको, काठमाडौंका दुई जनाको, महोत्तरीका दुई जनाको, सिराहाका एक जनाको, बाराका एक जना, चितवनका एक जना, र मकवानपुरका एक जनाको निधन भएको थियो ।

काठमाडौंमा तीन सय ८८ संक्रमित बुधबार थपिए

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप तीन सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा तीन सय ५० जना, ललितपुर जिल्लामा २९ जना र भक्तपुर जिल्लामा नौ जना गरी तीन सय ८८ जना संक्रमित थपिएका हुन् ।

मंगलबार काठमाडौंमा तीन सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी चार सय ८१ जना संक्रमित थपिएका थिए । मुलुकभर सक्रिय संक्रमितको संख्या १८ हजार एक सय आठ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ भाद्र १७, १७: २०

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ भाद्र १७, १७: २०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ भाद्र १७, १७: २०

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...