मेयर बालेनलाई तत्काल पक्राउ गर्न माग गर्दै युवा संघले दियो साइबर ब्युरोमा जाहेरी – Naya Bikalpa
December 15, 2025, Monday      Epaper

मेयर बालेनलाई तत्काल पक्राउ गर्न माग गर्दै युवा संघले दियो साइबर ब्युरोमा जाहेरी

काठमाडौं : नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध जाहेरी दिएको छ ।

बिहीबार दिउँसो युवा संघका नेताहरू साइबर ब्युरो पुगेर मेयर शाहविरुद्ध जाहेरी दिएका हुन् । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा केही दिन पहिला विभिन्न देश र नेपालका राजनीतिक दलहरूको नाम लिँदै आपत्तिजनक शब्दसहित स्टाटस लेखेका थिए । केही समयपछि स्टाटस सामाजिक सञ्जालबाट हटाएसँगै मेयर साहको विरोध हुँदै आएको छ ।

जसले राजनीतिक दल र मित्र राष्ट्रहरुको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको छ । जाहेरीमा मेयर शाहले नेपालका लोकतान्त्रिक आन्दोलनमा अग्रणि भूमिका खेलेका राजनीतिक दलहरुलाई सार्वजनिक पदमा बसेको व्यक्तिले गालीगलौज गरी सार्वजनिक शान्ति खलल हुनेगरी स्ट्याटस लेखेको उल्लेख गरिएको छ ।

मित्र राष्ट्रसँगको सम्बन्धमा आँच आउने गरी स्ट्याटस लेखिएको उनीहरुको आरोप छ । जाहेरीमा प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्न माग गर्दै तत्काल पक्राउ गरी विदेश भाग्नबाट रोक्न र राहदानी रोक्का गर्न माग गरिएको छ ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
  • २०८२ कार्तिक २०, १६: ४१

जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
  • २०८२ कार्तिक २०, १६: ४१

काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...

ओलीले गराए उम्मेदवारी दर्ता
ओलीले गराए उम्मेदवारी दर्ता
  • २०८२ कार्तिक २०, १६: ४१

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...