परिवर्तित अवस्थामा पार्टीभित्र एकता आवश्यक : डा. शेखर कोइराला – Naya Bikalpa
December 15, 2025, Monday      Epaper

परिवर्तित अवस्थामा पार्टीभित्र एकता आवश्यक : डा. शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले परिवर्तित राजनीतिक परिस्थितिमा पार्टीभित्र एकता र जिम्मेवार सहकार्य अपरिहार्य भएको बताएका छन्।

काठमाडौंमा उपलब्ध जिल्ला सभापति तथा पूर्व जिल्ला सभापतिसँग भएको अनौपचारिक छलफलमा बोल्दै उनले १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषयमा आफूले पहिल्यैदेखि जोड दिँदै आएको बताए।

“अहिलेको समयको चाप र परिस्थितिका कारण मंसिर मसान्तमा महाधिवेशन गर्न नसकिए पनि कुनै हालतमा २०८२ पुस मसान्तभित्र सम्पन्न गर्नुपर्छ,” कोइरालाले भने। उनका अनुसार आगामी आम निर्वाचनअघि महाधिवेशन सम्पन्न गरी “नयाँ र ताजा नेतृत्वमा चुनावमा जानु आवश्यक छ।”

डा. कोइरालाले निर्वाचन तालिका बनाउँदा निर्वाचन आयोगको कार्यक्रमसँग नबाझिने गरी योजना बनाउनुपर्ने बताए। उनले पार्टी अहिले एकतावद्ध, गम्भीर, जिम्मेवार र संयमित भएर अघि बढ्नुपर्नेमा जोड दिए।

“पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ,” उनले भने, “पार्टीले विगतमा थुप्रै आरोह–अवरोह भोगेको छ, अब एकता नै बल हो भन्ने भावनाले अघि बढ्नुपर्छ। मेरो गोरुको बाह्रै टक्का भन्ने सोच राख्नुहुँदैन।”

उनले पार्टीभित्रको गुट, उपगुट र फुटको अन्त्य गरी एकता र मेलमिलापलाई सुदृढ गर्न आग्रह गरे। “म पार्टीमा एकता र मेलमिलाप चाहन्छु, कसैप्रति आग्रह–पूर्वाग्रह नराखी अघि बढ्नुपर्छ,” उनका भनाइ थियो।

डा. कोइरालाले देशभरका इमानदार, निष्ठावान् र निरन्तर क्रियाशील कार्यकर्ताले पार्टीलाई बचाइरहेको भन्दै पार्टीका लाखौँ शुभेच्छुक र बाह्य पक्ष अहिले कांग्रेसको निर्णयप्रति चासोका साथ हेरिरहेको बताए।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
  • २०८२ कार्तिक २१, १३: ३१

जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
  • २०८२ कार्तिक २१, १३: ३१

काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...

ओलीले गराए उम्मेदवारी दर्ता
ओलीले गराए उम्मेदवारी दर्ता
  • २०८२ कार्तिक २१, १३: ३१

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...