
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले पुनर्स्थापना पनि उनी आफैंले गर्नुपर्ने तर्क गरेका हुन् ।
अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापना अदालत गरेन भने राष्ट्रपतिले गर्नुको विकल्प नरहेको जिकिर गरे । उनले प्रतिनिधिसभा पुनर्स्थापनाको आफ्नो पार्टीको माग सत्य भएको जिकीर गर्दै त्यसको पक्षमा आम नेपाली जनता उभिनुपर्ने समेत बताए ।
अध्यक्ष ओलीले भने, ‘हामी विघटित प्रतिनिधि सभाको तत्काल पुनर्स्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्दछ । प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई तीव्र बनाउनुपर्दछ । जसले विघटन गर्छ, त्यसले पुनर्स्थापना गर्छ । कि त अदालतले गर्छ । होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नुपर्छ । असंवैधानिक ढंगले विघटन गर्नसक्ने, पुनर्स्थापना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? पुनर्स्थापना गर्नुपर्यो नि । विघटन गर्ने राष्ट्रपतिले पुनर्स्थापना गर्नु पर्यो । यस कुरामा हामी लेख्नसक्नु पर्दछ । बोल्न सक्नुपर्दछ । सत्यको पक्षमा उभिन सक्नुपर्दछ ।’
अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर आन्दोलनमा उत्रन पनि सबैलाई आह्वान गरे । उनले वर्तमान सरकार असंवैधानिक भएकाले यसको कुनै हैसियत नभएको पनि दोहोर्याए ।
जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...
काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...
काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...