मधु आचार्यको प्रस्ताव : मंसिर २४ गतेबाट सुरु हुने गरी विशेष महाधिवेशन बोलाउनुपर्छ – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

मधु आचार्यको प्रस्ताव : मंसिर २४ गतेबाट सुरु हुने गरी विशेष महाधिवेशन बोलाउनुपर्छ

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीलाई एकजुट बनाउँदै आगामी निर्वाचनको तयारी सुदृढ गर्न मंसीर २४ गतेबाट विशेष महाधिवेशन सुरु गर्ने प्रस्ताव गरेका छन्। उनले मंगलादेवी सिंहको जन्मजयन्तीको अवसर पारेर विशेष महाधिवेशन आह्वान गर्न आग्रह गरेका हुन्।

केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले भने, “विशेष परिस्थिति आएको बेला छोटो तयारीमै ठूला निर्णय गर्न सकियोस् भनेर विधानमा विशेष महाधिवेशनको व्यवस्था गरिएको हो। अहिले त्यसको सही उपयोग गर्ने समय आएको छ।”

आचार्यले फागुन २१ गते हुने निर्वाचनलाई पहिलो प्राथमिकता बताउँदै त्यसअघि कांग्रेसलाई “नीति, नेता र कार्यक्रमका दृष्टिले योग्य” बनाउने समय आएको उल्लेख गरे।
उनका अनुसार विशेष महाधिवेशनले पार्टीभित्रको ५५–४५ को विभाजन मेटाउने र आन्तरिक एकता मजबुत बनाउने अवसर दिनेछ।

उनले भने, “पार्टीमा दिनरात संघर्षरत कार्यकर्ताको भावना अनुसार केन्द्रीय समितिले निर्णय लिनुपर्छ, अन्यथा विधानतः हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशन गर्ने अधिकार राख्छन्।”

आचार्यले नयाँ पुस्तालाई पार्टीभित्र सशक्त प्रतिनिधित्व दिलाउनुपर्ने आवश्यकता औंल्याए। उनले १६५ वटै प्रतिनिधि सभा क्षेत्रबाट कम्तीमा चार महिला सहित सात जना जेन्जी पुस्ताका प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागी गराउने व्यवस्था गर्न प्रस्ताव गरे।

त्यस्तै, भावी महाधिवेशनले ४० वर्ष मुनिका सदस्यको ४० प्रतिशत सहभागिता अनिवार्य गर्ने नीति पारित गर्नुपर्ने उनको सुझाव छ।

पूर्व पदाधिकारीहरूले समस्या बल्झाउने होइन, समाधान दिनुपर्नेमा आचार्यले जोड दिए।

उनका अनुसार, “सिनियर नेताहरुले विकल्प देखाएर पार्टीभित्र एकता निर्माणमा योगदान गर्नुपर्छ। विशेष महाधिवेशनले नै राष्ट्रिय मेलमिलाप र एकताको मर्म समात्छ।”

आचार्यले नेपाली कांग्रेसका केही नेतामाथि लागेको भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनसम्बन्धी आरोपको निष्पक्ष छानबिन गर्न माग गरे।

उनले भने, “पार्टी र कार्यकर्ताको प्रतिष्ठासँग यो विषय जोडिएको छ। सरकारलाई ‘भ्रष्टाचार तथा अकुत सम्पत्ति छानबिन आयोग’ गठन गर्न र कांग्रेससम्बद्ध आरोपितमाथि निष्पक्ष छानबिन गर्न आग्रह गरौं।”

उनका अनुसार, सरकारले यस्तो आयोग गठन गरेमा कांग्रेसको पूर्ण सहयोग रहनेछ।

सम्बन्धित समाचार

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
  • २०८२ कार्तिक २१, २०: ३४

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
  • २०८२ कार्तिक २१, २०: ३४

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई नियमबमोजिम प्रदान गरिएका छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ...

भतभेद छाडेर मिल्नु नै अबको विकल्प
भतभेद छाडेर मिल्नु नै अबको विकल्प
  • २०८२ कार्तिक २१, २०: ३४

काठमाडौं । पछिल्लो समय विकसित आन्तरिक मतभेदका कारण नेपालको सबैभन्दा पुरानो र लोकतन्त्रको पर्यायवाची मानिने दल नेपाली कांग्रेसमा यतिबेला इतिहासकै...