प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान – Naya Bikalpa
June 10, 2026, Wednesday      Epaper

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै राष्ट्रिय सभामा रिक्त हुन लागेका सदस्यका लागि र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको हो  ।

आउँदो फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक तिहाइ पद रिक्त हुँदैछ । रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने तय छ ।

त्यसका लागि मंसिर १ देखि ७ गतेभित्र दल दर्ता गरिसक्न आयोगले सूचना जारी गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, नगरपालिकाका मेयर/उपमेयर र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष मतदाता रहनेछन् ।

प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते हुने तय छ । त्यसका लागि आयोगले  मंसिर १ देखि १० गतेभित्र दल दर्ता गर्न आह्वान गरेको छ ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०८२ कार्तिक २८, ११: ४४

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०८२ कार्तिक २८, ११: ४४

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०८२ कार्तिक २८, ११: ४४

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...