सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार – Naya Bikalpa
December 15, 2025, Monday      Epaper

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको छ ।

इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालय डोल्पा स्थानान्तरण भएर आउने क्रममा बाटोमा हिमपातका कारण अत्यधिक चिसो भई स्वास्थ्यमा समस्या आई प्रहरी चौकी धोमा बिरामी रहेका ती प्रहरीलाई हेलिकप्टरद्वारा दुई चरणमा अस्पताल पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैबीच रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा डुबेर हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्न नेपाली सेनाको श्रीनाथ गणले कुण्डको किनारामा आपतकालीन अवस्थामा प्रयोग गर्न तीन स्थानमा डोरीसहित लाइफबाइ ट्युब राखेको छ ।

निकुञ्ज कार्यालयका पदाधिकारी, स्थानीय होटल व्यवसायी र गोसाइँकुण्ड मन्दिरका पुजारीसहितको उपस्थितिमा उक्त ट्युब जडान गरेको पनि सेनाले जनाएको छ ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
  • २०८२ कार्तिक २८, १८: ३२

जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
  • २०८२ कार्तिक २८, १८: ३२

काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...

ओलीले गराए उम्मेदवारी दर्ता
ओलीले गराए उम्मेदवारी दर्ता
  • २०८२ कार्तिक २८, १८: ३२

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...