आई लभ यु भनेर प्रस्ताव आएपछि …..! – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

आई लभ यु भनेर प्रस्ताव आएपछि …..!

नयाँ विकल्प,

झापाको विर्तामोडमा जन्मिएकी उनी गायकीमा शब्द छनोटलाई अत्यन्तै ख्याल राख्छिन् । नेपाली संगीत फाँटमा चर्चाको सिखर चुम्न सफल उनै चर्चित गायिका एलिनासँग कालिका महतले गरेको कुराकानी ?


तपाईंको जन्म, पठपाठन कहाँ भयो ?

झापाको बिर्ताडेमा जन्मिएकी हुँ । स्कुलदेखि कलेजसम्मको पढाइपनि झापामै भयो । अहिले त्यहीं ब्याचलर दोस्रो वर्षमा पढ्दै छु ।

गायनतिर कसरी आकर्षित हुनुभयो ?

स्कुल पढ्दा चाहीं नाच्न औधी पराउँथे । अरुका गीत सुनेर आफै गाउँथे । मोबाइलमा रेकर्ड गरेर साथीहरुलाई सुनाउन्थे । उनीहरुले स्वर राम्रो छ भनेर हौस्याउँथे । कतिले त यो गीत गाइदेउ भनेर अफर गर्थे । यसैगरी यो क्षेत्रतिर आकर्षण बढ्दै गयो ।

मोफसलमा यति चर्चिात गायिका बन्नु कसरी सम्भव भयो ?

कभर गीतहरु त मैले सबै उहीँबाट गरेको हो । अरु पनि उतैबाट गर्छु भन्ने थियो । अलि सम्भव नहुने रहेछ । बाहिर काठमाडौंको जस्तो राम्रो स्टुडियो हुँदैन । त्यसैले अलि माझिन काठमाडौं आएकी हुँ।

जागिर, पढाइ अनि गायन कसरी सम्भव भयो ?

इच्छाशक्ति भएपछि समय आफै मिल्दै जान्छ । सबैभन्दा अमूल्य भनेको समय हो । त्यसको ख्याल गर्नुपर्छ नसकिने केही छैन ।

संगीत चाहीं कहाँ सिक्नुभयो ?

मैले अहिलेसम्म खासै संगीत सिकेको छैन । भर्खर काठमाडौं आएर सुरु गरेकी थिएँ । कोरोनाको कारणले त्यो पनि बन्द भयो । झापामै १२ को जाँच दिएपछि म स्कुल पढाउँथे । बेलुकाको समय सिक्न जान्थे । दिनभरि स्कुलमा कराएर पढाउनुपर्ने अनि संगीत सिक्न एकदमै गाह्रो हुन्थ्यो ।


गायनलाई व्यवसायिक रुप दिएको कति भयो ?

पहिला त मैले व्यवसायिक गायिका बन्छु भनेर सोचेकी पनि थिइँन । कभर गीता गाउँदागाउँदै सबैतिरबाट प्रसंसा र मायाको वर्षा भयो । त्यसबाट पुलकित भएर गाउन सक्छु क्यार भन्ने आँट आयो ।
बिनासिकाइ एकैचोटी स्टुडियोमा छिर्दा कस्तो लाग्यो ?
मलाई स्टुडियोभित्र छिर्दा सिर्फ गाउन आउँथ्यो । नोट, सुर, ताल केही थाहा थिएन । जब त्यहाँ छिरेपछि थाहा भयो । गाउन नोट, सुर, ताल चाहिने रहेछ भनेर, अनि सिक्न थालेँ । जागिर र पढाइले त्यतिराम्रो सिक्न पाइँन ।

अहिलेसम्म कतिजति गीत गाउनुभयो ?

ठ्याक्कै यतिवटा भनेर गनेको त छैन । त्यस्तै ५५ देखि ६० को हाराहारी भए होलान् ।

आफ्नै लगानीमा गीत निकाल्नुभयो ?

मैले आफ्नो लगानीमा त गीतै निकालेकी थिइंन । कभर गीत निकाल्न स्टुडियोका दाइले अवसर दिनुभयो । मेरो युटूब च्यानल थियो, त्यसमा भीबोर्स राम्रो बढेको थियो । अहिले ‘पानी पधेँरो र मेरो परान’ दुईवटा गीत निकालेकी छु ।

पानी पधेँरो दुई टुक्का गाइदिनुस् न ?


यो गीत दोहोरीमा छ ।
केटा– सुन्य लाग्छन् ती रानी पाखा,
तिमीलाई बोलाउँछन् ती आँखा,
पानी पधेँरो.., पानी पधेँरो तिमीबिना, जिन्दगी हुन्छ अँधेरो ..हा हा हा.।
केटी – नदीलाई किन’र साटिन्छ,
तिमी टाढा हुँदा मन आतिन्छ,
पानी पधेँरो.., पानी पधेँरो तिमीबिना, जिन्दगी हुन्छ अँधेरो ..हा हा हा…।
केटा –खुन छैन मदन र मुना भैंm,
नपरोस् है सम्झेर रुनलाई
पानी पधेँरो.., पानी पधेँरो तिमीबिना, जिन्दगी हुन्छ अँधेरो ..हा हा हा…।
केटी– बरु मेरो परानै जाओस्
छुट्नुपर्ने दिन कहिल्यै नओस्…

पानी पधेँरो.., पानी पधेँरो तिमीबिना, जिन्दगी हुन्छ अँधेरो ..हा हा हा…।

‘पानी पधेँरो’ गीत आएको कति भयो ?

यो गीत निकालेको एक हप्ता भयो । ९ लाख १२ हजार भीबोर्स भइसकेको छ ।

भविष्यको पेशा यसैलाई बनाउनुहुन्छ ?

यहीं पेशा अँगाल्छु भनेर काठमाडौं छिरेकी हुँ । मेरो स्वास्थ्य र स्वरले साथ दिँदासम्म छोड्दिन ।

तपाई शब्द चयन कस्ता व्यक्तिसँग बसेर गर्नुहुन्छ ?

म शब्दहरु धेरै छान्छु । आफूभन्दा अग्रजसँग बसेर पनि छनोट गर्छु । सहपाठीहरुसँग पनि एकदमै छलफल गरेर शब्द केलाउने गर्दछु । किन भने संगीतमा गायकीले मात्रै पुग्दैन, अर्थपूर्ण शब्दले शृंगारिएको हुनुपर्छ । त्यही भएकाले मेरा गीत सबैले मन पराउनुहुन्छ । भने हटाउनुस् अनि मात्र गाउँछु भन्छु ।

कमाइ त राम्रो होला नि ?

अहिले सबैजना समस्या हुनुहुन्छ । त्यस्तो धेरै कमाइ हुँदैन, बाँच्नलाई गाह्रो छैन ।

अरुका गीत गाइदिँदा कति पारिश्रमिक लिनुहुन्छ ?

मेरो अहिलेसम्म फिक्स रेट छैन । रेट फिक्स गर्ने बेला पनि भएको छैन । अहिले पैसाभन्दा पनि राम्रो काम गर्न पाएकोमा खुसी छु ।

गाएकामध्ये सबैभन्दा मन परेको कुन गीत हो ?

मैले भन्दा पनि दर्शक, स्रोताको छनोट गर्ने काम । मलाई त सबै राम्रो लाग्छ, सबैमा उत्तिकै मेहनत गरेको हुन्छ ।

मोड्लिंक पनि गर्नुहुन्छ ?

मेरो आफ्नै गीत ‘मिनिरल वाटर’ मा गरेकी छु । छोडेर नजाउ, यो मनभित्रलगायत आफ्ना गीतमा अभिनय गरेकी छु ।

विवाह गर्नुभयो ?

अहिले करियर बनाउने बेला हो, विवाहतिर सोचेकै छैन ।

प्रेम प्रस्ताव राख्नेहरु त आएका होलान् नि ?

मनमनै राख्नेहरु होलान् । मैले थाहा पाउनेगरी अगाडि आउने आँट गरेका छैनन् । फेसबुकमा आएका अफरलाई ध्यान दिइन्न ।

अहिलेसम्म कसैले आईलभ यु भन्न सकेका छैनन त ?

त्यसरी ‘आईलभ यु’ भनेर देखिनेगरी आएका छैनन् । त्यस्तो प्रस्ताव आएपनि राम्रै मुखले भन्दिन्छु ‘मेरो अहिले विवाह सोच छैन’ भनेर ।

सम्बन्धित समाचार

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
  • २०७७ भाद्र १८, १२: ५६

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७७ भाद्र १८, १२: ५६

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

सुकुमबासी समस्या समाधान र कांग्रेसको अकर्मण्यताबाट उब्जेको ठाडो प्रश्न
सुकुमबासी समस्या समाधान र कांग्रेसको अकर्मण्यताबाट उब्जेको ठाडो प्रश्न
  • २०७७ भाद्र १८, १२: ५६

१.सुकुमबासी समस्याको शान्तिपूर्ण समाधान सुकुमबासीको परिभाषा लगाउँदा कतै घरबास र आफ्ना नाममा जीवन गुजार्न कुनै प्रकारको सम्पत्ति नभएका व्यक्तिलाई भनिन्छ...