
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्।
त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे दुई टोलीबीच भिडन्त हुँदैछ।
प्रतियोगितामा तीन खेल खेलेको विराटनगर अपराजित छ।
पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको विराटनगरले दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेट र तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको थियो।
दुई खेल मात्रै खेलेको चितवनले एक जित र एक हार निकालेको छ।
पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो।
तीनवटै खेल जितेको विराटनगर ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। दुई खेलमात्रै खेलेको चितवन २ अंक मात्रै जोडेर पाँचौं स्थानमा छ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...
काठमाडौँ । जारी फिफा विश्वकपअन्तर्गत समूह जे को खेलमा आज बिहान अस्ट्रिया र जोर्डन आमनेसामने हुँदैछन्। अमेरिकाको क्यालिफोर्नियास्थित लेभिस रंगशालामा...