
काठमाडौं : प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन पक्राउ परेका छन् । आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शेरचनलाई पक्राउ गरेको हो ।
बैंकलाई हानिनोक्सानी पुर्याएर बैंकिङ कसुर गरेको आरोपमा शेरचनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । उनीमाथि कर्जा दुरूपयोग गरेको आरोप छ । शेरचन बैंकको केन्द्रीय कार्यालयबाटै पक्राउ परेका हुन् ।
यसअघि सिआइबीले बैंकिङ कसुरमा प्रभु बैंकका पूर्वअध्यक्ष देवी भट्टचनलाई पनि पक्राउ गरेको थियो । यद्यपि उनी हाजिर जमानीमा रिहा भइसकेका छन् ।
जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...
काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ भने कारोबार रक...