डा. भण्डारी र आचार्य डोपिङ नियन्त्रणसम्बन्धी विश्व सम्मेलनमा भाग लिन कोरिया प्रस्थान – Naya Bikalpa
December 15, 2025, Monday      Epaper

डा. भण्डारी र आचार्य डोपिङ नियन्त्रणसम्बन्धी विश्व सम्मेलनमा भाग लिन कोरिया प्रस्थान

काठमाडौं : नेपालले विश्व खेलकुदमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन विभिन्न क्षेत्रवाट उपस्थिति बढाइरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय एन्टी–डोपिङ एजेन्सीका संस्थापक संयोजक डा. अशिम भण्डारी यही डिसेम्बर १ तारिकदेखि ५ सम्म बुसान, कोरियामा हुने विश्व एन्टी डोपिङ एजेन्सी वर्ल्ड कन्फरेन्स अन डोपिङ इन स्पोर्टमा भाग लिन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । उनीसँगै अर्का डाक्टर सम्युक्त आचार्य पनि सोही सम्मेलनका लागि कोरिया प्रस्थान गरेका छन् ।

यस स्तरको सम्मेलन एशियामा पहिलो पटक आयोजना भइरहेकले यो खेलका लागि १९१ देशका करिब १,५००देखि २,००० सम्म विभिन्न खेलकुद प्रेमिहरु सहभागी हुने जनाइएको छ । विभिन्न देशका मन्त्रीहरु लगायत विभिन्न देशका राष्ट्रिय एन्टीडोपिङ एजेन्सीका प्रमुखहरू , सरकारी अधिकारीहरु अन्तर्राष्ट्रिय खेल महासंघका पदाधिकारिहरु वैज्ञानिकहरु एथलेटसँग सम्बन्धित व्यक्तिहरुको उल्लखनीय उपस्थिति हुने जनाइएको छ ।

सम्मेलनको मुख्य उध्येश्य भनेको सन् २०२७ देखि २०३२ सम्म वर्ल्ड एन्टी डोपिङ कोड र इन्टरनेसनल स्टान्डर्ड्सको समीक्षा गरने विषय वस्तुको संशोधन गर्नुपर्ने भए संशोधन गरेर सम्मेलनबाट तयार भएका प्रस्तावहरु समेत पारित गरिने जनाएको छ।

डाक्टर आचार्य लेभल-२ इमिडिएट केयर इन रग्बी विशेषज्ञ, कन्कुसन व्यवस्थापन प्रशिक्षक र उदाउँदो डोपिङ कन्ट्रोल अधिकारीका रूपमा परिचित छन्।

नेपालको २५ वर्षको एन्टी–डोपिङ यात्रामा

पहिलो डोपिङ पोजिटिभ केस सन १९९७/९८ मा देखिएको थियो । त्यसपछिका वर्षहरूमा २००६ को साफ गेम्स, सन २०२२ मा वेटलिफ्टिङ घटनाले देशको कमजोरीहरु पत्ता लगायो । तर विगत २५ वर्षभित्रमा सम्वन्धित निकायले स्वामित्व र जिम्मेवारी वहन नगर्दा पहिले संसदले पारित गरेको सन् २०१० को युनेस्को कन्भेन्सन केवल कागजी घोडामा मात्र सीमित हुन पुग्यो । त्यसैको फलस्वरुप नाडा नेपाल अझै पूर्ण रूपमा दक्ष नभएका कारण यस्का लागि बजेट विनियोजन हुन सकेन ।

त्यसभित्रका कुराले गर्दा नतिजा समेत सार्वजनिक नगरी राष्ट्रिय खेलकुदका डोपिङ परीक्षणहरूका नतिजा लुकाउनाले गम्भीर ‘कभर-अप’ को शंका उत्पन्न गराएको छ । राष्ट्रिय एन्टी डोपिङ एजेन्सी, राष्ट्रिय खेलकुद परिषद्, ओलम्पिक कमिटी, पारालिम्पिक कमिटी वा मन्त्रालयबाट यस विषयमा भने आजसम्म स्पष्ट जवाफ दिन सकेको छैन ।

यस्तै कारणले नेपाललाई विश्व एन्टी डोपिङ प्रणालीमा सबैभन्दा न्यून प्रोफाइल भएको देशको रूपमा प्रस्तुत हुन पुगेको छ ।

सम्मेलन किन निर्णायक छ ?

यो सम्मेलन न प्रतिनिधित्वको अवसर मात्र नवनेर सम्मेलनबाट नेपालले विभिन्न कुराहरूमा ज्ञान आर्जन गर्नसकेमा

– विश्वस्तरिय नियम, नीति र अभ्यास बुझ्ने मौका प्राप्त हुनेछ,
– नयाँ कोड र मापदण्ड अनुसार नेपालका फेडेरेसन र एथलीट तयार गर्ने मार्गदर्शनको सुरुवात हुनेछ,
– अन्तर्राष्ट्रिय नेटवर्किङमा नीति निर्माणमा सक्रिय सहभागिता प्राप्त भइरहने छ ।

यसका अलावा नेपालले तीव्र गतिमा सुधार गर्दै नीति, नियम र कार्यविधि तत्काल लागू गरी एथलिट शिक्षा कार्यक्रम विस्तार गर्न आवश्यक छ । यस्ता नियम र कानुनहरुले कुनै फेडेरेसनमा एक वर्षमा २देखि ४ वर्ष भन्दा बढी एथलीट पोजिटिभ भेटिए, एक लाख डलरभन्दा बढी दण्ड तिर्नुपर्ने प्रावधान रहेकाले एथलिटहरूले पाउने वा तिर्नुपर्ने क्षतिपूर्तिको व्यवस्थापन अझै स्पष्ट पार्न जरुरी छ । पुरस्कार पदक र नगदसम्म पनि फिर्ता गर्नुपर्ने र महिना, वर्ष वा आजीवन प्रतिबन्धको अवस्थाले खेलाडीहरूको करियरमै गम्भीर अवस्था सिर्जना गर्न सक्ने हुन सक्दछ ।

विश्व खेलकुद इतिहासमै लेजेन्ड खेलाडीहरू पनि डोपिङका कारण समस्यामा परेको दृष्टान्त देखिँदै छ । यसैका कारण नेपालले डोपिङ पोजिटिभ आएकै कारण साफ गेममा जितिसकेका दुई वटा गोल्ड मेडलहरू डोपिङकै कारणले गुमाउनु परेको इतिहास हाम्रा आँखासामु छर्लंग छँदैछ ।

यस्तो प्राविधिक सहभागिताले नेपालमा स्वच्छ खेलकुद, पारदर्शिता र एथलिट सुरक्षाको नयाँ अध्याय सुरु हुनेमा विस्वास गर्न सकिन्छ । तबमात्र नेपालले विश्व मञ्चमा जिम्मेवार, पारदर्शी र प्रतिबद्ध राष्ट्रको रूपमा आफ्नो पहिचान स्थापित गर्न सक्ने बनाउन सकिन्छ ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
  • २०८२ मंसिर १५, ०८: ०२

जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
  • २०८२ मंसिर १५, ०८: ०२

काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...

ओलीले गराए उम्मेदवारी दर्ता
ओलीले गराए उम्मेदवारी दर्ता
  • २०८२ मंसिर १५, ०८: ०२

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...